News Portal

सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

२३४ पटक

काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा आएको छ। यो कर अब सुनचाँदीको कुनै पनि प्रकारको कारोबारमा अनिवार्य रूपमा लाग्नेछ — चाहे त्यो बैंकबाट खरिद होस्, व्यवसायीद्वारा उपभोक्तालाई विक्री वा उपभोक्ताबाट व्यवसायीलाई पुनः बिक्रीको प्रक्रिया।

यसअघि १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा मात्र यो कर लाग्ने व्यवस्था थियो। तर अब जुनसुकै परिमाणको कारोबारमा पनि यो कर अनिवार्य गरिएको छ, जसले गर्दा सामान्य उपभोक्तासमेत प्रभावित बन्न पुगेका छन्।

व्यवसायीहरू भने लामो समयदेखि यो करप्रति असहमति जनाउँदै आइरहेका छन्। उनीहरूले कर खारेजको माग गर्दै आन्दोलन र सरकारसँगको छलफल समेत गरेका थिए। यद्यपि सरकारले राजस्व वृद्धि र सुनचाँदीको आयात नियन्त्रणलाई औचित्य देखाउँदै कर फिर्ता नलिने स्पष्ट पारेको छ।

वर्तमानमा सुनको मूल्य तोलाको १ लाख ९२ हजार ३०० रुपैयाँ कायम रहेको छ। कर लागू भएसँगै उपभोक्ताले हरेक तोलामा करिब ३८३६ रुपैयाँ अतिरिक्त तिर्नुपर्ने बाध्यता आइपरेको छ, जसका कारण बजारमा मूल्य अझ चुलिने सम्भावना बढेको छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...