News Portal

मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

२४५ पटक

काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार भारतको उत्तरप्रदेश आसपास बनेको न्यून चापीय प्रणाली र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा सक्रिय रहेकाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ।

वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ। तीमध्ये एक-दुई स्थानमा भने भारी वर्षा हुने जोखिम रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, देशका उच्च पहाडी र हिमाली भेगमा पनि हल्कादेखि मध्यम वर्षासँगै केही स्थानमा हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा हुरी चल्ने सम्भावनासमेत औंल्याइएको छ।

वर्षा र हुरीका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेकोले महाशाखाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सहरी तथा तराई क्षेत्रहरूमा डुबानको खतरा पनि बढेकोले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।

नदी, खोलामा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन र यातायातमा असर पर्न सक्ने अनुमान गरिएको छ। त्यसैले सम्बन्धित निकायहरूलाई पूर्वतयारीसहित सचेत रहन तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...