News Portal

एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

२७० पटक

अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई एकताको महाधिवेशनका लागि एकजुट हुन अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका भ्रामक समाचारबाट बच्न र एकताको भावनामा काम गर्न सबैलाई आग्रह गरेका छन्।

पराजुलीले जारी गरेको विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहजीकरणमा गत मे ३–४, २०२५ मा सम्पन्न विश्व महाधिवेशनले महेशकुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुँदा आफू अमेरिका क्षेत्रको क्षेत्रीय संयोजकमा निर्वाचित गरेको पनि स्मरण गराएका छन्।

विज्ञप्तिमा उनले अमेरिका र क्यानाडामा दुई–दुई वटा एनसीसीहरू कानुनी रूपमा दर्ता भएको र छुट्टाछुट्टै नेतृत्वमार्फत काम गरिरहेको स्पष्ट पार्दै दुई एनसीसीलाई एकताको महाधिवेशनका लागि एकजुट बनाउने निर्णय भएको र सोही निर्णय कार्यान्वयनका लागि आफूले पहल गरिरहेको पनि उल्लेख गरेका छन्।

दुवै एनसीसीका अध्यक्षहरू डा. अर्जुन बन्जाडे र सूर्य लम्सालले हस्ताक्षर गर्दा एनआरएनए आइसीसी अध्यक्ष महेश श्रेष्ठ पनि सहभागी भएका थिए।

सहमतिअनुसार दुवै एनसीसीले अमेरिकाको पोर्टलमा सदस्यता खुलाउने, नवीकरण गर्ने र सबैलाई समेटेर एकताको महाधिवेशन गर्ने प्रतिबद्धता जनाएका छन्।

पराजुलीले दुवै एनसीसीका अध्यक्षहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै कानुनी निर्देशन र सहमति पालना गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...