News Portal

  • विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    ६० पटक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वय र सहकार्य अनिवार्य रहेको बताएका छन्। गृह मन्त्रालयमा बुधबार आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद् न्यूनीकरणदेखि राहत तथा पुनःस्थापना सबै प्रक्रियामा तीनै तहका सरकार सक्रिय र जिम्मेवार बन्नुपर्ने धारणा राखे।

    उनका अनुसार सातवटै प्रदेशमा आपतकालीन सामग्री भण्डारणका लागि गोदामहरू निर्माण गरिएका छन्। तीमध्ये राजधानीको गोदाम गृह मन्त्रालयअन्तर्गतको विपद् प्राधिकरणको मातहत रहने छ भने बाँकी छ वटा प्रदेशका गोदामहरू सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारले पाउनेछ। मन्त्री लेखकले पालिका तहमै आपतकालीन गोदामहरू विस्तार गरी विपद् व्यवस्थापनलाई अझै छरितो र सर्वसुलभ बनाउने योजनामा सरकारले जोड दिएको बताए।

    ‘नागरिकसँग नजिक रहने स्थानीय तह नै विपद् व्यवस्थापनको पहिलो मोर्चा हो,’ मन्त्री लेखकले भने, ‘त्यसैले विपद् पूर्वतयारी, तत्काल उद्धार, राहत वितरण र पुनःस्थापनासम्मका सबै काममा तीनै तहले हातेमालो गरेर अघि बढ्नुपर्छ।’

    अघिल्ला दिनहरूमा विपद्को समयमा राहत सामग्री वितरणमा देखिएको झन्झट हटाउन प्रदेश सरकारलाई नै गोदाम सञ्चालनको जिम्मा दिइएको उनले जानकारी गराए। विपद् जोखिम कम गर्न पूर्वसूचना प्रणाली बलियो पार्दै सबै निकायको सहकार्यमा मात्रै दीगो व्यवस्थापन सम्भव हुने भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिलाई अझ जिम्मेवार बन्न पनि आग्रह गरे।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईका प्रधानाध्यापकहरूले पाठ्यपुस्तक खरिद रकम अहिलेसम्म नतिरेको खुलासा

    रविन्द्र बराल/ मोरङ, साउन १ – रतुवामाई नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले स्थानीय पुस्तक पसलहरूबाट खरिद...

    अडियो प्रकरणमा मुछिएका मन्त्री अधिकारी आज एक वर्षे उपलब्धि सार्वजनिक गर्दै

    काठमाडौं, साउन १ – गठन गरिएको ओली सरकारभित्र एकपछि अर्को गर्दै घोटाला र विवादका शृंखलामा...

    सुनचाँदीको कारोबारमा २% विलासिता कर लागू, आम उपभोक्ता र व्यवसायीमा व्यापक असन्तुष्टि

    काठमाडौं, साउन १ – सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत घोषणा गरेको २ प्रतिशत विलासिता...

    मनसुन सक्रिय, पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

    काठमाडौं, साउन१ – देशभर मनसुन सक्रिय भएसँगै मौसममा व्यापक परिवर्तन आएको छ। जल तथा मौसम...

    आज २०८२ साल साउन १ गतेको राशिफल

    आज साउन १, २०८२ (जुलाई १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...