News Portal

  • मधेशमा सुख्खा र पानी संकट: दमकल र सेना खटाइयो, मुख्यमन्त्रीको विशेष आग्रह

    २०५ पटक

    जनकपुरधाम, असार ३२ – मधेश प्रदेशका विभिन्न जिल्लामा फैलिएको डरलाग्दो सुख्खा र त्यसबाट उत्पन्न भएको खानेपानी संकट समाधानका लागि प्रदेश सरकारले विशेष पहल अघि बढाएको छ। बुधबार बिहानदेखि नै प्रदेश सरकारले दमकल प्रयोग गरेर खानेपानी वितरण गर्न थालेको छ।

    प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार हाल प्रदेशका ८ वटा दमकलहरूलाई खानेपानी चरम अभाव भएका ठाउँमा खटाइएको छ। ती दमकलहरूले एकपटकमा ५ हजार लिटरका दरले दैनिक झण्डै ४० हजार लिटर पानी प्रभावित क्षेत्रमा पुर्‍याइरहेका छन्।

    मुख्यमन्त्री सतिश कुमार सिंहले यो संकटबाट नागरिकलाई राहत दिन प्रदेश सरकारले २४ सै घण्टा काम गरिरहेको बताए। उनले संघीय सरकार र स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै भने, “हामीसँग भएका सबै साधन स्रोतको अधिकतम प्रयोग गरेर नागरिकलाई राहत दिन जुटेका छौं।”

    खानेपानी बोक्ने दमकलहरूको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। यसअघि वन विभागका तीन वटा ट्यांकरमार्फत आपूर्ति हुँदै आएकोमा थप सात वटा ट्यांकर र एक दमकल थपिने तयारी भएको छ।

    मुख्यमन्त्री सिंहले सुख्खा र पानीको अभावले धान रोपाइँसमेत प्रभावित पार्ने खतरा औँल्याउँदै सम्बन्धित मन्त्रालयहरूलाई तत्काल कार्ययोजना बनाउन निर्देशन दिएका छन्। “समस्या कहाँ छ, मलाई खुला रूपमा बताउनुहोस्। हामी सबैको सक्रियता र समन्वयबाट मात्रै यो संकट पार गर्न सक्छौं,” उनले भने।

    प्रदेशका सबै १३६ पालिका सुख्खा र पानीको समस्याबाट प्रभावित भएकाले मुख्यमन्त्रीले दातृ निकाय र सरोकारवाला संस्थाहरूलाई हातेमालो गर्न अपिलसमेत गरेका छन्। उनले वातावरणीय असन्तुलनको यो संकटको घडीमा सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए।

    मुख्यमन्त्री सिंहले सबै प्रयासको प्रगति विवरण नियमित रूपमा बुझाउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत दिएका छन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...