News Portal

सर्लाहीमा सडक खन्ने क्रममा बनाएको खाल्डोले बालकको मृत्यु

३०८ पटक

सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान लिएको छ। सर्लाही जिल्लाको हरिपुर नगरपालिका–१ स्थित जानकीनगर टोलका ६ वर्षीय सुशान्त यादव मंगलबार बिहानदेखि घर नजिकै खेलिरहेका बेला अचानक बेपत्ता भएका थिए।

परिवार र स्थानीयले खोजी जारी राख्दा राति करिब ११ बजेतिर सुशान्त घरबाट करिब पाँचसय मिटर दक्षिणपूर्वमा रहेको सडक निर्माणस्थलमा मृत फेला परेका हुन्। जेसिभीले खनेको खाल्डोमा पानी जमेको र त्यहीँ डुबेर ज्यान गएको प्रारम्भिक अनुमान छ।

मृतक बालक हरिपुर–१ निवासी दिनेश यादवका छोरा हुन्। यस दुःखद घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...