News Portal

काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

२१४ पटक

काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट १८ वटा मोबाइल र पाँच वटा ल्यापटपसहित सट्टेबाजीका सामग्रीहरू बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले मण्डनदेउपुर–७ कुन्तास्थित नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेन्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–८ इमाटोलका ३२ वर्षीय दिगज नकर्मी, भक्तपुरकै कमलविनायकका २८ वर्षीय संजीव कुशी, २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका–१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जन रहेका छन्।

गोप्य सूचनाको आधारमा रिसोर्टमा अनलाइन जुवा सञ्चालन भइरहेको थाहा पाएपछि प्रहरीले छापा मारेको हो। प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले रिसोर्टका कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत सट्टेबाजी सञ्चालन गर्दै खेलाडीहरूको व्यवस्थापन गर्ने गरेको खुलेको छ।

‘घटनास्थलबाट बरामद सामग्रीहरूको विश्लेषण भइरहेको छ। करोडौं बराबरको कारोबार भएको अनुमान छ,’ प्रहरी प्रमुख शाहले बताउनुभयो, ‘मुख्य सञ्चालक को हो भन्ने पत्ता लगाउन प्राविधिक टोली पनि परिचालन गरिएको छ।’

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनास्थलबाट बरामद मोबाइल, ल्यापटप र अन्य सामग्रीको प्राविधिक परीक्षणपछि थप विवरण बाहिरिने प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूसँगै बरामद सामग्रीसहितको तस्बिरसमेत सार्वजनिक गरेको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...