News Portal

  • काभ्रेको रिसोर्टमा अनलाइन सट्टेबाजी गर्दै पाँच जना समातिए, मोबाइल र ल्यापटपसहित पक्राउ

    १५१ पटक

    काभ्रेपलाञ्चोक, असार ३१ – काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट १८ वटा मोबाइल र पाँच वटा ल्यापटपसहित सट्टेबाजीका सामग्रीहरू बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले मण्डनदेउपुर–७ कुन्तास्थित नालदूम भिलेज रिसोर्ट र ग्रीन पिस रेस्टुरेन्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो।

    पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–८ इमाटोलका ३२ वर्षीय दिगज नकर्मी, भक्तपुरकै कमलविनायकका २८ वर्षीय संजीव कुशी, २४ वर्षीय रोशन प्रजापति, सूर्यविनायक–७ कटुन्जेका २९ वर्षीय एलिस कुश्म र काठमाडौं महानगरपालिका–१६ शान्तीनगरका ३१ वर्षीय रोजन महर्जन रहेका छन्।

    गोप्य सूचनाको आधारमा रिसोर्टमा अनलाइन जुवा सञ्चालन भइरहेको थाहा पाएपछि प्रहरीले छापा मारेको हो। प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिहरूले रिसोर्टका कोठा भाडामा लिएर अनलाइन एप्स र वेबसाइटमार्फत सट्टेबाजी सञ्चालन गर्दै खेलाडीहरूको व्यवस्थापन गर्ने गरेको खुलेको छ।

    ‘घटनास्थलबाट बरामद सामग्रीहरूको विश्लेषण भइरहेको छ। करोडौं बराबरको कारोबार भएको अनुमान छ,’ प्रहरी प्रमुख शाहले बताउनुभयो, ‘मुख्य सञ्चालक को हो भन्ने पत्ता लगाउन प्राविधिक टोली पनि परिचालन गरिएको छ।’

    पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको र घटनास्थलबाट बरामद मोबाइल, ल्यापटप र अन्य सामग्रीको प्राविधिक परीक्षणपछि थप विवरण बाहिरिने प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाहरूसँगै बरामद सामग्रीसहितको तस्बिरसमेत सार्वजनिक गरेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...