News Portal

अमेरिकामा सडक दुर्घटनामा परी २ नेपाली विद्यार्थीको मृत्यु

३२० पटक

लुइसियाना, असार ३१ – अमेरिकाको लुइसियाना राज्यमा सडक दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने अन्य दुई घाइते भएका छन्। लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको गत जुलाई १३ गते दुर्घटनामा परेर मृत्यु भएको हो।

लुइसियाना स्टेट पुलिसका अनुसार सोही विश्वविद्यालयमा अध्ययनरत यादवले चलाइरहेको होन्डा अकर्ड कार यूएस हाइवे ८० मा अनियन्त्रित भई सडकबाट बाहिरिएर ठूलो रुखमा ठोक्किएको थियो। ठोक्किएलगत्तै कारमा आगलागी भएको बताइएको छ।

घटनास्थलमै दुवै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। कारमा सवार अन्य दुई जना घाइते भएका छन् र उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाएको र टक्सिकोलोजी परीक्षणका लागि नमुना संकलन गरिएको जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा भीषण वर्षा भइरहेकोले सडक चिप्लिएको र गाडी नियन्त्रण बाहिर गएको प्रारम्भिक अनुमान गरिएको छ। मृतकहरूले सिट बेल्ट लगाएका थिए वा थिएनन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यस दुःखद घटनापछि लुइसियाना टेक युनिभर्सिटीले एक शोक वक्तव्य जारी गर्दै विद्यार्थीहरूको असामयिक निधनले विश्वविद्यालय परिवार शोकमा डुबेको जनाएको छ। विश्वविद्यालयका अध्यक्ष जिम हेन्डरसनले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...