News Portal

  • घुस काण्डमा मुछिएपछि राजीनामा दिन बाध्य बने मन्त्री गुप्ता

    १४६ पटक

    काठमाडौं, असार ३१ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस प्रकरणमा नाम जोडिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्। पछिल्ला दिनमा कर्मचारी नियुक्ति र सरुवासम्बन्धी घुस लेनदेनको अडियो सार्वजनिक भएपछि उनी चर्को विवादमा तानिएका थिए।

    प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको जानकारी दिंदै गुप्ताले आफूलाई प्रविधि प्रयोग गरेर नियोजित रूपमा फसाइएको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘विगत केही दिनदेखि मेरो नाम अनर्गल घुस प्रकरणमा जोडेर प्रचार गरिएको छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, अहिले म त्यसैको सिकार बनेँ। सत्य तथ्य छानबिन होस् भनेर मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको छु।’

    गुप्ताले अब पार्टीले दिएको जिम्मेवारी अझ बढी इमानदारीका साथ निर्वाह गर्ने पनि बताएका छन्। उनले घुस काण्डमा सत्य तथ्य सार्वजनिक हुन आफूले पूरा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    कर्मचारी नियुक्ति र सरुवाका क्रममा भएको भनिएको बार्गेनिङको अडियो बाहिरिएपछि चौतर्फी रूपमा उनीमाथि राजीनामा माग हुँदै आएको थियो। विवाद चुलिएपछि अन्ततः गुप्ताले पदबाट हात झिकेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...