आज : २०२६-०६-३०, मङ्गलबार

एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी

टोकियो, असार ३१ — गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा वरिष्ठ पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास) ले उम्मेदवारी दिएका छन्।

हाल एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जवाफदेही नेतृत्वको विकास गर्दै संस्थालाई अझै संस्थागत रूपमा सञ्चालन गराउने उद्देश्यले २०२५–२०२७ कार्यकालका लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको जानकारी दिएका छन्।

‘संस्थाको विधि, विधान र जापानको कानुनअनुसार यहाँ रहेका हरेक नेपालीले विश्वास र भरोसा गर्न सक्ने एनआरएनए बनाउन म निरन्तर लागिरहनेछु,’ गौतमले भने।

उनका अनुसार आगामी दुई वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढाउँदै सामान्य नेपालीले पनि ‘एन