News Portal

रंगेली बचतले श्रीमद्भागवत लगाएर खरिद गरिएकाे एम्बुलेन्स रंगेलीका जनताले सदुपयोग गर्न नपाएको गुनासो

हिमाली संचार संवाददाता
५५२ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली वचत तथा ऋण सहकारी संस्थाद्वारा संन्चालित एम्बुलेन्स धनपालथान स्थित कदमाहाबाट संन्चालन भएको पाईएकाे छ । २०६७ सालमा रंगेली बचतले रंगेली बासि तथा साधारण सदस्यहरुलाई शुलभ र सस्तो गर्ने उद्श्यले श्रीमद्भागवत पुराणकाे अायाेजना गरियाे।

एम्बुलेन्स खरिदका लागि भन्दै रंगेली बासि तथा अासपासका सर्वसाधारणहरुकाे सहयोगमा एम्बुलेन्स समेत खरिद भयाे केही बर्ष रंगेली बासीले सेवा समेत पाए । तर बिगत ५ महिना देखि उक्त एम्बुलेन्स अहिले कदमाहाका स्थानीय युवालाई एम्बुलेन्स जिम्मा लागएपछि रंगेली वासीकाे सहयोगमा खरिद गरिएको एम्बुलेन्स अहिले रंगेलीमा संन्चालन भएको छैन । रंगेली संन्चालनमा नअाउदा गरिव घरपरिवारका सर्वसाधारणहरु महगाे रकम खर्च गरेर बिरामी लिएर उपचार गराउन जान बाध्य रहेका छन ।

यता रंगेली वचत तथा ऋिण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद मेहताले भने एम्बुलेन्सकाे कारणले गर्दा संस्थालाई घाटा मात्रै लागेकाे र रंगेलीका काेहि व्यक्तिहरुले समेत साे एम्बुलेन्स संन्चालन नगरेका कारण अरुलाई संन्चालन गर्ने जिम्मा लगाईएकाे बताए ।

यहाँका सर्वसाधारणहरुलाई एम्बुलेन्स चहिएमा तुरुन्तै अाउने बताए । तर रंगेली देखि कदमहा १० किलोमिटरकाे दुरीमा रहेको छ । काेहि बिरामी भए उक्त एम्बुलेन्सकाे परखाईमा रंगेली बासि तथा शेयर सदस्य बस्छन या अरु नै बिकल्प खाेज्छन ? रंगेली बासिन्दाकाे लागि भन्दै खरिद गरिएको एम्बुलेन्स के यहाँका सर्वसाधारणले उपयोग नपाउने ? यस बिषयमा रंगेली बचतका प्रतिनिधि तथा शेयर सदस्य तथा सदस्यहरुकाे ध्यान जानू जरुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...