News Portal

सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

३१५ पटक

काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय इतिहासकै कालो समयको रुपमा ब्याख्या गरेका छन् ।

आज संसदको बैठक सुरु हुनासाथ समय माग्दै लिङ्देनले भिजिट भिसा सम्बन्धी विषयमा राप्रपा र रास्वपाले उठाउँदै आएको प्रश्नलाई सभामुखले बेवास्ता गरेकोप्रति गम्भीर असन्तुष्टि जनाए । ‘डेढ महिनादेखि निरन्तर आवाज उठाइरहँदा पनि सभामुखले सुनुवाइ नगरेर उल्टै जबरजस्ती संसद् सञ्चालन गर्नु सरकारको मात्रै होइन, सभामुखकै कार्यकालको कालो पाटो हो,’ उनले भने ।

सभामुखलाई प्रतिपक्षको आवाज सम्बोधन गर्ने जिम्मेवारीबाट नभाग्न सुझाव दिँदै लिङ्देनले मन्त्रीहरूको अनियमिततामा पनि प्रधानमन्त्री मौन बसेको आरोप लगाए । ‘लेनदेनका काण्डमा एकपछि अर्को मन्त्री मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ? जनतालाई सुशासनको सपना देखाएर ठग्ने काम भइरहेको छ,’ उनको प्रश्न थियो ।

प्रधानमन्त्री र ठूला दलहरूले जनतालाई दिग्भ्रमित पारेर सत्ताको खेल खेलिरहेको आरोप लगाउँदै लिङ्देनले थपे, ‘राजावादीलाई तह लगायौँ भनेर डंका पिट्नेहरू आफैँले जनतालाई धोका दिएको छ । चिल आयो भनेर तल चल्ला टिप्ने चालबाजी चलिरहेको छ । देश लुट्न मिलेर लागिरहेका छन् ।’

उनले सभामुखले सदनमा निष्पक्षता कायम गरी प्रतिपक्षका माग सम्बोधनमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...