News Portal

सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

१८७ पटक

काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा प्रहार गरेका छन् । संसदमा दुई ठूला प्रतिपक्षी दलहरूको निरन्तर विरोधका बीच जबरजस्ती सदन सञ्चालन भइरहेको भन्दै उनले यसलाई संसदीय इतिहासकै कालो समयको रुपमा ब्याख्या गरेका छन् ।

आज संसदको बैठक सुरु हुनासाथ समय माग्दै लिङ्देनले भिजिट भिसा सम्बन्धी विषयमा राप्रपा र रास्वपाले उठाउँदै आएको प्रश्नलाई सभामुखले बेवास्ता गरेकोप्रति गम्भीर असन्तुष्टि जनाए । ‘डेढ महिनादेखि निरन्तर आवाज उठाइरहँदा पनि सभामुखले सुनुवाइ नगरेर उल्टै जबरजस्ती संसद् सञ्चालन गर्नु सरकारको मात्रै होइन, सभामुखकै कार्यकालको कालो पाटो हो,’ उनले भने ।

सभामुखलाई प्रतिपक्षको आवाज सम्बोधन गर्ने जिम्मेवारीबाट नभाग्न सुझाव दिँदै लिङ्देनले मन्त्रीहरूको अनियमिततामा पनि प्रधानमन्त्री मौन बसेको आरोप लगाए । ‘लेनदेनका काण्डमा एकपछि अर्को मन्त्री मुछिँदा प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ? जनतालाई सुशासनको सपना देखाएर ठग्ने काम भइरहेको छ,’ उनको प्रश्न थियो ।

प्रधानमन्त्री र ठूला दलहरूले जनतालाई दिग्भ्रमित पारेर सत्ताको खेल खेलिरहेको आरोप लगाउँदै लिङ्देनले थपे, ‘राजावादीलाई तह लगायौँ भनेर डंका पिट्नेहरू आफैँले जनतालाई धोका दिएको छ । चिल आयो भनेर तल चल्ला टिप्ने चालबाजी चलिरहेको छ । देश लुट्न मिलेर लागिरहेका छन् ।’

उनले सभामुखले सदनमा निष्पक्षता कायम गरी प्रतिपक्षका माग सम्बोधनमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...