News Portal

प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

३३४ पटक

झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने दाबी गरेका छन्। झापाको गौरीगञ्ज–आमबारी सडकखण्डमा रतुवा नदीमाथि निर्मित पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र व्यावसायिकरणमार्फत स्थानीय तहलाई नमुना विकासमा लाग्न आग्रह गरे।

उनले विकासका पूर्वाधारहरू क्रमशः मजबुत हुँदै गएका भन्दै मुलुक अब आधुनिक र विकसित यात्रातर्फ अघि बढिरहेको बताए। ‘अब नेपालमा गरिबीको आयु १५ वर्ष मात्रै बाँकी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अवधिमा हामीले सबै प्रयास गरेर गरिबी अन्त्य गर्दै मुलुकलाई समृद्धितर्फ डोर्याउनुपर्छ।’

प्रधानमन्त्री ओलीका अनुसार विद्युत्, सञ्चार र सूचना प्रविधि क्षेत्रमा देखिएको प्रगति मुलुकको सम्भावनाका मुख्य आधार हुन्। उनले आइटी क्षेत्रको दुरुपयोगबाट केही मान्छेहरूले गलत काम गरे पनि धेरैले राम्रो काम गरेर देखाएको बताए।

उनले सडक, पुल, सिँचाइ जस्ता विकास आयोजनाहरूलाई अझ तीव्र रूपमा अगाडि बढाइने समेत बताए। ‘विकास निर्माणमा असाधारण प्रगति भइरहेको छ, अब सबैले हातेमालो गरेर समृद्ध नेपाल बनाउन जुट्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...