News Portal

  • दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    १७१ पटक

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता कोटा श्रीनिवासको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका श्रीनिवासले आइतबार बिहान हैदराबादको जुबली हिल्सस्थित आफ्नै निवासमा अन्तिम सास फेरका हुन्।

    चार दशकभन्दा बढी समय सिनेक्षेत्रमा बिताएका उनले तेलुगु, तमिल, कन्नड र हिन्दी गरी चार भाषाका ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। खलनायकका रूपमा चिनिने उनले ‘सन अफ सत्यमूर्ति’, ‘टेम्पर’, ‘येवादु’ जस्ता सुपरहिट फिल्मदेखि अमिताभ बच्चनको ‘सरकार’, ‘प्रतिघात’, ‘रक्त चरित्र’ र टाइगर श्राफको ‘बागी’सम्ममा आफ्नो अभिनय छाप छोडेका छन्। उनी अन्तिम पटक २०२३ मा रिलिज भएको ‘कब्जा’ फिल्ममा देखिएका थिए।

    उनको योगदानलाई कदर गर्दै भारत सरकारले सन् २०१५ मा उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो। श्रीनिवासले राजनीति क्षेत्रमा पनि योगदान दिएका थिए। सन् १९९९ देखि २००४ सम्म उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रका विधायक थिए।

    उनको निधनले फिल्म क्षेत्रका हस्तीहरु शोकमा डुबेका छन्। तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले एक शोक सन्देश जारी गर्दै लेखेका छन्, ‘कोटा गरुजस्तो महान कलाकार भौतिक रूपमा हामीबीच नरहे पनि उनी सदैव आफ्ना भूमिकामार्फत जनताको मनमा जीवित रहनेछन्।’

    आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि कोटा श्रीनिवासको निधनलाई अपूरणीय क्षति भन्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। केही दिनअघि मात्रै आफ्नो ८३ औं जन्मदिन मनाएका श्रीनिवास अब भौतिक रूपमा नरहे पनि उनको योगदान सधैं सम्झनामा रहनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...