News Portal

दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

३४० पटक

हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता कोटा श्रीनिवासको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका श्रीनिवासले आइतबार बिहान हैदराबादको जुबली हिल्सस्थित आफ्नै निवासमा अन्तिम सास फेरका हुन्।

चार दशकभन्दा बढी समय सिनेक्षेत्रमा बिताएका उनले तेलुगु, तमिल, कन्नड र हिन्दी गरी चार भाषाका ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। खलनायकका रूपमा चिनिने उनले ‘सन अफ सत्यमूर्ति’, ‘टेम्पर’, ‘येवादु’ जस्ता सुपरहिट फिल्मदेखि अमिताभ बच्चनको ‘सरकार’, ‘प्रतिघात’, ‘रक्त चरित्र’ र टाइगर श्राफको ‘बागी’सम्ममा आफ्नो अभिनय छाप छोडेका छन्। उनी अन्तिम पटक २०२३ मा रिलिज भएको ‘कब्जा’ फिल्ममा देखिएका थिए।

उनको योगदानलाई कदर गर्दै भारत सरकारले सन् २०१५ मा उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो। श्रीनिवासले राजनीति क्षेत्रमा पनि योगदान दिएका थिए। सन् १९९९ देखि २००४ सम्म उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रका विधायक थिए।

उनको निधनले फिल्म क्षेत्रका हस्तीहरु शोकमा डुबेका छन्। तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीले एक शोक सन्देश जारी गर्दै लेखेका छन्, ‘कोटा गरुजस्तो महान कलाकार भौतिक रूपमा हामीबीच नरहे पनि उनी सदैव आफ्ना भूमिकामार्फत जनताको मनमा जीवित रहनेछन्।’

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि कोटा श्रीनिवासको निधनलाई अपूरणीय क्षति भन्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्। केही दिनअघि मात्रै आफ्नो ८३ औं जन्मदिन मनाएका श्रीनिवास अब भौतिक रूपमा नरहे पनि उनको योगदान सधैं सम्झनामा रहनेछ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...