News Portal

झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

२१४ पटक

झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही विरोधी र अराजक समूहले फैलाइरहेको ‘स्पेनमा मान्छे छाडेर आयो’ भन्ने हल्लालाई झूटो र घोर निराधार भन्दै खारेज गरेका छन्।

दमक नगरपालिकामा मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भ्रमणको सफलतालाई ओझेल पार्ने उद्देश्यले आधारहीन प्रचार गरिएको बताए। उनले यस्ता अपप्रचारलाई गम्भीरतापूर्वक लिनुपर्ने कारण नरहेको प्रष्ट पारे।

विश्व बैंकको आर्थिक सहयोगमा बनेको उक्त गौरवको आयोजना झापा मात्रै नभई देशभरका १७ वटा विशेष सडक परियोजनामध्ये एक हो। झण्डै ४४ करोड २४ लाख लागतमा ४.८६ किलोमिटर लामो यो सडक समयमै सम्पन्न भएकोमा प्रधानमन्त्री ओलीले यसलाई उदाहरणीय आयोजनाको रूपमा प्रस्तुत गरे।

प्रधानमन्त्री ओलीले मेचीदेखि महाकालीसम्म विकासको लहर फैलाउन सरकारले थालिएका कामहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए। दमकको बेलडाँगी क्षेत्रमा अब विशाल रंगशाला निर्माण गर्ने घोषणा गर्दै उनले पूर्वाञ्चलमै नयाँ खेलकूद पूर्वाधार थपिने जानकारी दिए।

प्रधानमन्त्रीले यसपटकको एसईई परीक्षाको नतिजा १३ प्रतिशतले सुधार हुनुमा स्वयंसेवी भावनाका साथ सञ्चालन गरिएका निःशुल्क अनलाइन कक्षाहरूले योगदान दिएको उल्लेख गरे।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू शेरधन राई र उद्वव थापालगायतको उपस्थिति रहेको थियो।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...