News Portal

काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

१७७ पटक

काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न भएको छ। आज बसेको बैठकमा मेयर बालेन साहले नगरसभा आह्वानसम्बन्धी प्रस्ताव मात्रै प्रस्तुत गरेपछि करिब ४५ सेकेन्डमै बैठक सकिएको हो।

महानगर प्रमुख साहले यही असार २९ गते आइतबार दिउँसो २ बजे नगरसभा बोलाइएको जानकारी दिएका छन्। सोही दिन बिहान ९ बजे अर्को कार्यपालिका बैठक बस्ने समेत उनले बताएका छन्। बैठकका लागि यसपटक २४ वटा एजेण्डा तय गरिए पनि नगरसभा सम्बन्धी एकमात्र प्रस्ताव प्रस्तुत भएपछि अरू विषय नउठाई बैठक समाप्त गरिएको हो।

यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको छुट्टाछुट्टै बैठक बसेका थिए। ती बैठकहरूबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बजेटको सीमा निर्धारण गरिएको छ। चालू आवको तुलनामा आगामी वर्ष पूर्वाधार विकासका काममा थप बजेट विनियोजन गर्ने निर्णयसमेत समितिले गरेको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...