News Portal

नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

२७० पटक

काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता वामदेव गौतमले अन्ततः नेकपा (एस) रोजेका छन् । लामो समयदेखि नेकपा एमालेसँग सहकार्यको प्रयासमा रहेका गौतमले एमालेले पर्याप्त चासो नदिएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) सँग हात मिलाउन लागेका हुन् ।

गौतम र नेपालबीच पार्टी एकीकरण गर्ने विषयमा सहमति भइसकेको छ । दुबै नेताले हस्ताक्षर गरेको सहमति अनुसार आगामी साउन २ गते राजधानीस्थित राष्ट्रिय सभा गृहमा विशेष समारोह आयोजना गरी एकताको औपचारिक घोषणा गरिनेछ ।

यसअघि पनि गौतम र नेपालबीच पटक–पटक संवाद भए पनि एकताको निष्कर्षमा पुग्न सकेको थिएन । एमाले नेतृत्वले गौतमसँग औपचारिक सहकार्यको प्रस्ताव गरे पनि व्यवहारमा उतार्न नसक्दा गौतमले वैकल्पिक बाटो रोजेका हुन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...