News Portal

नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

१८५ पटक

काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता वामदेव गौतमले अन्ततः नेकपा (एस) रोजेका छन् । लामो समयदेखि नेकपा एमालेसँग सहकार्यको प्रयासमा रहेका गौतमले एमालेले पर्याप्त चासो नदिएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) सँग हात मिलाउन लागेका हुन् ।

गौतम र नेपालबीच पार्टी एकीकरण गर्ने विषयमा सहमति भइसकेको छ । दुबै नेताले हस्ताक्षर गरेको सहमति अनुसार आगामी साउन २ गते राजधानीस्थित राष्ट्रिय सभा गृहमा विशेष समारोह आयोजना गरी एकताको औपचारिक घोषणा गरिनेछ ।

यसअघि पनि गौतम र नेपालबीच पटक–पटक संवाद भए पनि एकताको निष्कर्षमा पुग्न सकेको थिएन । एमाले नेतृत्वले गौतमसँग औपचारिक सहकार्यको प्रस्ताव गरे पनि व्यवहारमा उतार्न नसक्दा गौतमले वैकल्पिक बाटो रोजेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...