News Portal

  • एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    १५५ पटक

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने भएको छ।

    गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले गठन गरेको उच्चस्तरीय समितिको सिफारिसमा समावेशी, निष्पक्ष र सबैले स्वीकार गर्ने निर्वाचन सम्पन्न गर्न एकता महाधिवेशन आयोजना गर्ने जिम्मेवारी विवेक थापालाई प्रदान गरिएको आइसीसीका महासचिव बीआर लामाले जानकारी दिए।

    महासचिव लामाले वर्तमान कार्यसमितिले समावेशी सदस्यता प्रक्रियामा चासो नदेखाएको र एकपक्षीय निर्णय थोपर्न खोजेको कारण महाधिवेशन आयोजक समिति गठन गर्नुपरेको बताए।

    ओसियाना क्षेत्रीय संयोजक इर्साद अहमदले एमआइएस प्रणालीमार्फत सदस्यता लिन नपाएका वा छुटेका करिब १५ हजारभन्दा बढी एनआरएनलाई समेट्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको बताए।

    उनले संवाद, समावेशी सहभागिता र पारदर्शितामार्फत हालको समस्या समाधान खोज्नुपर्नेमा जोड दिए।

    महाधिवेशनका संयोजक विवेक थापाले एनआरएनए अष्ट्रेलियालाई एकताबद्ध तथा विश्वका उदाहरणीय राष्ट्रिय समन्वय परिषदहरूमध्ये एक बनाउन हातेमालो गर्न सबैलाई अपिल गरे।

    गत मे ३–४, २०२५ मा काठमाडौंमा सम्पन्न एनआरएनएको एकता महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। सोही महाधिवेशनको भावनालाई आत्मसात् गर्दै अष्ट्रेलियामा पनि सबै पक्षको सहमति र सहभागितामार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी ५ सय नाघे

    वीरगञ्ज, भदौ ११ – वीरगञ्जमा झाडापखाला र हैजाको प्रकोप नियन्त्रणभन्दा बाहिर फैलिँदै गएको छ। पछिल्लो...

    प्रिन्सिपलद्वारा विद्यार्थीमाथि कुटपिट, अभिभावकले प्रहरीमा उजुरी

    दोलखा, भदौ ११ – दोलखाको वैत्येश्वर गाउँपालिका–३, खानीगाउँस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल अजितकुमार चौधरीमाथि...

    रौतहटकी रुबी साह हत्या प्रकरणका आरोपीको उपचारकै क्रममा मृत्यु

    रौतहट, भदौ ११ – रौतहटकी रुबीकुमारी साह हत्या प्रकरणमा संलग्न भनिएका आरोपी लक्ष्मण पासवानको उपचारकै...

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...