News Portal

  • कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    १२६ पटक

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउन सहयोग गरेको आरोपमा केही नेतामाथि कारबाही भएपछि डा. शेखर कोइराला नेतृत्वको समूहले त्यसलाई प्रतिशोधी र नियमविपरीत भन्दै अस्वीकार गर्ने घोषणा गरेको छ।

    बिहीबार बिहान कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले पार्टी नेतृत्वको पछिल्लो कदमलाई वैधानिकता नभएको निष्कर्ष निकाल्दै कारबाही विरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।

    बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा र शीर्ष नेताबीच अनुशासनको फाइल अघि नबढाउने सहमति भइसकेको अवस्थामा संयोजक आनन्द ढुंगानाले एकल निर्णयबाट विज्ञप्ति निकालेर कारबाही घोषणा गरेको जानकारी गराए।

    कांग्रेस नेता गुरुराज घिमिरेका अनुसार पार्टीको विधानले उजुरी परेपछि ६ महिनाभित्र कारबाही प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्था छ तर ढिलाइ गर्दै दुई वर्षपछि निर्णय ल्याइएकोले यो कदम गैरकानुनी र गुटगत भएको आरोप कोइराला समूहको छ।

    ‘यो कदम प्रतिशोधी र एकलौटी छ। पार्टीभित्रको प्रतिस्पर्धी समूहलाई किनारा लगाउने चाल हो,’ घिमिरेले भने, ‘हामी यसविरुद्ध राजनीतिक र सभ्य तरिकाले प्रतिवाद गर्छौं।’

    बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति थियो।

    यता कांग्रेस केन्द्रीय कमिटीको लामो बैठकमा समेत निर्वाचनका बेला भएको अन्तरघातबारे चर्को बहस हुँदै आएको थियो। अनुशासन समितिले असार ९ देखि १७ गतेसम्म छलफल गरी केही नेता तथा कार्यकर्तालाई निष्कासन र निलम्बन गर्ने निर्णय गरेको र बुधबार उक्त निर्णय सार्वजनिक गरेको थियो।

    शेखर समूहले भने कारबाही अन्यायपूर्ण भएको भन्दै न्याय दिलाएरै छाड्ने अडान राखेको छ। सभापतिसँग समेत छलफल गरेर राजनीतिक रुपमा प्रतिरोध अघि बढाउने उनीहरूको योजना छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...