News Portal

  • सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

    १६० पटक

    सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। भेरीगंगा नगरपालिका–१० छिन्चुबाट बुधबार पक्राउ परेका व्यक्तिसँग प्रहरीले पाँच किलो ४५० ग्राम अफिम बरामद गरेको हो। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० निवासी ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिरराज शाहीका अनुसार अफिम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले निरन्तर निगरानी र गोप्य अनुसन्धान चलाएको थियो। सोही क्रममा बस्नेतलाई ठूलो परिमाणको अफिमसहित समात्न प्रहरी सफल भएको हो।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा बस्नेतले आफैँ अफिम उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको बयान दिएका छन्। बरामद अफिमको स्थानीय बजार मूल्य झण्डै ८ लाख ८६ हजार रुपैयाँ आँकलन गरिएको छ भने पक्राउ परेका बस्नेतले उक्त अफिम भारत पुर्‍याउन सके मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने दाबी गरेका छन्।

    अफिम ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेपनि मुख्य कारोबारी भने अझै फरार रहेको प्रहरीले जनाएको छ। अहिले प्रहरी फरार व्यक्तिको खोजीमा थप सक्रिय भएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...