News Portal

रसुवामा हिमताल विस्फोट, सेन्टिनेल उपग्रह अध्ययनबाट बाढीको कारण पुष्टि

२७८ पटक

रसुवा, असार २६ – गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा परेको ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी हिमताल फुटेकै कारणले भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले गरेको अध्ययन अनुसार सुप्राग्लेशियल ताल विस्फोट हुँदा बाढी उत्पन्न भएको देखिएको छ।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार युरोपेली सेन्टिनेल उपग्रहबाट प्राप्त चित्रले घटनाको पुष्टि गरेको हो। उनका अनुसार रसुवागढी नजिकैको नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटर माथि, समुद्री सतहबाट ५१५० मिटर उचाइमा रहेको ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हिमतालको आकार बाढीपछि घटेर ०.६० वर्ग किलोमिटरमा झरेको पाइएको छ।

‘उपग्रह तस्बिरले देखाउँछ कि बाढीको घटनापूर्व र पछिको अवस्थामा तालको क्षेत्रफलमा उल्लेखनीय अन्तर आएको छ,’ पराजुलीले भने, ‘यसले ठूलो मात्रामा पानी बाहिरिएको र त्यसको प्रभाव तलको क्षेत्रमा परेको पुष्टि गर्दछ।’

यस विषयमा चीनसँग सहकार्य गर्दै थप स्थलगत प्रतिवेदन आउने अपेक्षा गरिएको र आगामी दिनमा उपग्रहमार्फत थप विवरण प्राप्त हुने विभागले जनाएको छ। यसैबीच, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले पनि ल्हेन्दे खोलाको सुप्राग्लेशियल ताल फुटेरै रसुवाको भोटेकोशीमा बाढी आएको प्रमाणित गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले हिमतालहरूको अवस्था र सम्भावित जोखिममाथि निरन्तर अध्ययन र निगरानी जारी राखिने जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...