News Portal

जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

३२७ पटक

जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। घरेलु झगडाका क्रममा ज्यान लिएको अभियोगमा प्रहरीले उनलाई छुरा सहित सार्वजनिक गरेको छ।

गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलमाथि छुरा प्रहार भएको थियो। उनी आफ्नै ज्वाइँ बेचन महासेठका कारण ज्यान गुमाएका हुन्। महासेठ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बासिन्दा हुन्।

घटनापछि फरार रहेका महासेठलाई प्रहरीले एक सातापछि मंगलबार धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो।

रेग्मीका अनुसार घरायसी विवादकै क्रममा महासेठले ससुराको पेटमा चार पटक छुरा प्रहार गरेका थिए। मृतक बासुदेवप्रसाद साह विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन्।

पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...