News Portal

जनकपुरमा ससुराको हत्या गरी फरार ज्वाइँ रेल्वे स्टेशनबाट पक्राउ

२०० पटक

जनकपुर, असार २५ – जनकपुरधाममा आफ्नै ससुराको हत्या गरेर फरार रहेका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ। घरेलु झगडाका क्रममा ज्यान लिएको अभियोगमा प्रहरीले उनलाई छुरा सहित सार्वजनिक गरेको छ।

गत असार १८ गते बिहान जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलमाथि छुरा प्रहार भएको थियो। उनी आफ्नै ज्वाइँ बेचन महासेठका कारण ज्यान गुमाएका हुन्। महासेठ जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बासिन्दा हुन्।

घटनापछि फरार रहेका महासेठलाई प्रहरीले एक सातापछि मंगलबार धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो।

रेग्मीका अनुसार घरायसी विवादकै क्रममा महासेठले ससुराको पेटमा चार पटक छुरा प्रहार गरेका थिए। मृतक बासुदेवप्रसाद साह विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन्।

पक्राउ परेका महासेठमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...