News Portal

हिमाचलमा कुकुरले बचायो ६७ जनाको ज्यान

३९० पटक

भारत, असार २५ – हिमाचल प्रदेशको मण्डी जिल्लामा एउटा साधारण घरपालुवा कुकुरले अनायासै ठूलो मानवीय क्षति हुनबाट ज्यान जोगाएको घटना अहिले गाउँगाउँमा उदाहरणीय बनेको छ।

मण्डीको धर्मपुर क्षेत्रमा पर्ने सियाठी गाउँमा यही असार १६ गते राति ‘रक्की’ नामक कुकुरले लगातार अस्वाभाविक रुपमा भुक्न थालेपछि गाउँलेहरू बीच ठूलो अनिष्टको संकेत मिलेको थियो। मध्यरातको त्यो समयमा गाउँका सबैजना निद्रामा थिए। कुकुरको तीव्र आवाजले एक जना गाउँले ब्यूँझिएर बाहिर निस्किँदा घरको पर्खाल चिरिएको र भित्रबाट पानी चुहिएको देखेपछि उनीहरू झन् सतर्क भए।

कुकुरको आवाजले अन्य गाउँलेहरूलाई पनि उठ्न बाध्य पार्‍यो। ती गाउँलेले छिमेकभरि खबर गर्दै सबैलाई सुरक्षित स्थानमा जान आग्रह गरे। त्यसैबीच मुसलधारे पानी झरिरहेको थियो र जोखिम अझ बढ्दै गएको थियो।

गाउँलेहरू हतारहतार घर छाडेर सुरक्षित ठाउँतर्फ लागेपछि करिब राति १ बजेतिर ठूलो आवाजसहित पहिरो खस्यो र सियाठी गाउँका अधिकांश घरहरू क्षणभरमै माटोमुनि पुरिए। अहिले गाउँमा चार–पाँच घरबाहेक अरू सबै पहिरोमा बिलिन भएका छन्।

ज्यान जोगाएका ६७ जना बासिन्दाहरू अहिले त्रियाम्बला गाउँको नैनादेवी मन्दिरमा अस्थायी आश्रय लिएर बसिरहेका छन्। भयंकर पहिरो र बाढीको त्रासका कारण धेरै मानिसलाई रक्तचाप र मानसिक तनाबको समस्या देखिन थालेको स्थानीय स्रोत बताउँछन्।

मनसुन सुरु भएयता हिमाचल प्रदेशमा विभिन्न दुर्घटनामा परी हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने मण्डी जिल्ला बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। भारतीय मौसम विज्ञान विभागले अझैपनि १० जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरेको छ।

तर सियाठी गाउँका बचेकाहरू भने कुकुर ‘रक्की’ लाई अहिले भगवान सरह मानिरहेका छन्। उनीहरू भन्छन् — ‘‘रक्कीले त्यो रात हामीलाई नजागाएको भए हामी सबै माटोमुनि पुरिने थियौं।’’

यो अद्भुत घटनाले कुकुरप्रतिको माया र भरोसा अझ बढाइदिएको छ। गाउँले र स्थानीय प्रशासनले रक्कीलाई ‘गाउँको नायक’ भन्दै सम्मान गरेका छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...