News Portal

हिमाचलमा कुकुरले बचायो ६७ जनाको ज्यान

२६० पटक

भारत, असार २५ – हिमाचल प्रदेशको मण्डी जिल्लामा एउटा साधारण घरपालुवा कुकुरले अनायासै ठूलो मानवीय क्षति हुनबाट ज्यान जोगाएको घटना अहिले गाउँगाउँमा उदाहरणीय बनेको छ।

मण्डीको धर्मपुर क्षेत्रमा पर्ने सियाठी गाउँमा यही असार १६ गते राति ‘रक्की’ नामक कुकुरले लगातार अस्वाभाविक रुपमा भुक्न थालेपछि गाउँलेहरू बीच ठूलो अनिष्टको संकेत मिलेको थियो। मध्यरातको त्यो समयमा गाउँका सबैजना निद्रामा थिए। कुकुरको तीव्र आवाजले एक जना गाउँले ब्यूँझिएर बाहिर निस्किँदा घरको पर्खाल चिरिएको र भित्रबाट पानी चुहिएको देखेपछि उनीहरू झन् सतर्क भए।

कुकुरको आवाजले अन्य गाउँलेहरूलाई पनि उठ्न बाध्य पार्‍यो। ती गाउँलेले छिमेकभरि खबर गर्दै सबैलाई सुरक्षित स्थानमा जान आग्रह गरे। त्यसैबीच मुसलधारे पानी झरिरहेको थियो र जोखिम अझ बढ्दै गएको थियो।

गाउँलेहरू हतारहतार घर छाडेर सुरक्षित ठाउँतर्फ लागेपछि करिब राति १ बजेतिर ठूलो आवाजसहित पहिरो खस्यो र सियाठी गाउँका अधिकांश घरहरू क्षणभरमै माटोमुनि पुरिए। अहिले गाउँमा चार–पाँच घरबाहेक अरू सबै पहिरोमा बिलिन भएका छन्।

ज्यान जोगाएका ६७ जना बासिन्दाहरू अहिले त्रियाम्बला गाउँको नैनादेवी मन्दिरमा अस्थायी आश्रय लिएर बसिरहेका छन्। भयंकर पहिरो र बाढीको त्रासका कारण धेरै मानिसलाई रक्तचाप र मानसिक तनाबको समस्या देखिन थालेको स्थानीय स्रोत बताउँछन्।

मनसुन सुरु भएयता हिमाचल प्रदेशमा विभिन्न दुर्घटनामा परी हालसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने मण्डी जिल्ला बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ। भारतीय मौसम विज्ञान विभागले अझैपनि १० जिल्लामा आकस्मिक बाढीको चेतावनी जारी गरेको छ।

तर सियाठी गाउँका बचेकाहरू भने कुकुर ‘रक्की’ लाई अहिले भगवान सरह मानिरहेका छन्। उनीहरू भन्छन् — ‘‘रक्कीले त्यो रात हामीलाई नजागाएको भए हामी सबै माटोमुनि पुरिने थियौं।’’

यो अद्भुत घटनाले कुकुरप्रतिको माया र भरोसा अझ बढाइदिएको छ। गाउँले र स्थानीय प्रशासनले रक्कीलाई ‘गाउँको नायक’ भन्दै सम्मान गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...