News Portal

रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

१९३ पटक

काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ । असार २४ गते मंगलबार दिउँसो ३:३० बजेसम्मको स्थिति अनुसार ड्याम साइडमा फसेका ५५ जनालाई सकुशल उद्धार गरिएको छ भने अझै १८ जना बेपत्ताको खोजी कार्य जारी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले जोखिममा परेकामध्ये ४ जना महिला र ५१ जना पुरुषलाई झोलुङ्गे पुल प्रयोग गरी सुरक्षित स्थानमा सार्न सफल भएका छन् । उद्धार गरिएकामध्ये एक जना चिनियाँ नागरिकसमेत रहेका छन् ।

बाढीले ठूलो मात्रामा सवारीसाधनमा पनि क्षति पुर्‍याएको प्रारम्भिक जानकारी आएको छ । प्रहरीका अनुसार अहिलेसम्म १०० भन्दा बढी गाडी बगाइसकेको अनुमान छ । स्थानीयबासीसँगै उद्धार टोलीले हराइरहेकाहरूको खोजीमा थप सक्रियता बढाएको छ ।

प्रहरी, सेना र सशस्त्रको समन्वित प्रयासमा उद्धार कार्य तीव्र गतिमा अघि बढाइए पनि वर्षा नरोकिँदा थप जोखिम रहने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...