News Portal

मेलम्चीमा सरकारी बोली फेरियो, कार्यकारी निर्देशकले तोके नयाँ भाकाठेकदारले माग्यो ३६ करोड

हिमाली संचार संवाददाता
८२५ पटक

रघुनाथ बजगाँई/काठमाडौं : ६० दिनमा मेलम्चीको पानी आउँछ भनेको भोलिपल्टै सरकारी अधिकारीहरुले बोली फेरेका छन् । उनीहरुका अनुसार यो ६० दिनमा मेलम्चीको पानी सुन्दरीजलस्थित ट्यांकीमा पानी खसाल्न सकिने अवस्था त बन्छ तर, पानी भने आइहाल्ने छैन ।

हेडबक्सको मुख्य संरचना, हाईड्रोमेकानिकल जडान लगायतका प्राविधिक काम गर्न आगामी वैशाख (मार्च २०१९) सम्म लाग्छ । त्यसका लागि पूर्वशर्त छ, निर्माण कम्पनीले नियतिम रुपमा काम गर्नुपर्छ ।

तर, अहिल ठेकदार कम्पनीले ३६ करोड रुपैयाँ भुक्तानी नदिए कुनै पनि बेला काम रोक्ने चेतावनी दिएको छ ।

आइतबार मात्र संसदको विकास समितिमा खानेपानी सचिव गजेन्द्र ठाकुरेले ६० दिनमा मेलम्चीको पानी आउने ठोकुवा गरेका थिए भने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेल सचिवको दावीमा समर्थन जनाएका थिए । तर, भोलिपल्टै राष्ट्रिय सरोकार तथा समन्वय समिति स्थलगत अनुगमनमा जाँदा कार्यकारी निर्देशक कँडेलले बोली फेरेका छन् ।

उनका अनुसार अब एक हजार सात सय मिटर लामो सुरुङको फिनिसिङ गर्न बाँकी अझै छ, त्यसमध्ये ३८ मिटरमा कमलो चट्टान छ । आगामी १५ दिनभित्र ३८ मिटरमध्ये १५/२० मिटर बाहेक अरु फिनिसिङ सक्ने लक्ष्य छ । बाकी रहने १५/२० मिटरका लागि भने थप समय लाग्छ ।

‘अहिलको कामको रफ्तार कायम रहेको अवस्थामा ३० कार्यदिनमा सुरुङको फिनिसिङ कार्य सकिन्छ’, कार्यकारी निर्देशक कँडेल भन्छन्, तर, काममा अवरोध आउनुहुन्न वा रोकिने कार्य कतैबाट हुनुहुँदैन ।’

सुरुङको फिनिसिङ सकिनासाथ मेलम्चीको पानी आउँदैन । सुरुङको फिनिसिङ सम्पन्न भएको ४५ दिन इन्ट्र्युमेटेशन जडान गर्न लाग्छ, जसको मेसिन खरिद प्रक्रिया नै अझै सुरु भएको छैन ।

यस्तै हेडबक्सको मुख्य संरचना (डाइभर्सन वेयर, इन्टेकु, डिसिल्टिङ बेसिन निमार्ण) २६ वटा हाईड्रोमेकानिकल जडान गर्न एक सय ३० दिन लाग्छ । यो सबै काम सक्न आगामी मार्चसम्म समय चाहिन्छ ।

यसका लागि ठेकदारले नियमित काम गर्नुपर्ने र अन्य नितिगत निर्णय गर्ने निकायबाट पनि ढिलाई हुन नहुने कंडेलको भनाइ छ । अन्यथा आगामी मार्चसम्म पनि मेलम्चीको काम सक्न गाह्रो छ ।

सुन्दरीजलमा अहिलेसम्म साढे ८ करोड लिटर पानी अट्ने रिजर्भ बनिसकेको छ भने फिल्टर गर्ने संरचना पनि तयार भएको छ । अर्को साढे ८ हजार लिटरका लागि संरचना निमार्ण जारी छ ।

कार्यकारी निर्देशक कँडेल भन्छन्, ‘पानी पोखरी, रेपिड स्याण्ड फिल्टर लगायतको निर्माण सुरु भएको छ । पानी पोखरीको वाल कंक्रिट ढलान गर्ने कार्य जारी रहेको छ भने १३ हजार पाँच सय मध्ये आठ हजार आठ सय घन मिटर आरसीसी तथा चार हजार वर्ग मिटर पीसीसी सम्पन्न भएको छ ।’

ठेकदारले माग्यो ३६ करोड

आगामी मार्चसम्म मेलम्चीको पानी काठमाडौं ल्याउन पहिलो सर्त हो, ठेकदारले निरन्तर काम गर्नू ।

तर, अहिले नै उसले काम रोक्ने धम्की दिन थालेको छ । ‘निमार्ण व्यावसायीको ३६ करोड भुक्तनी गर्न बाँकी छ । त्यो पैसा नपाए जुनसुकै बेला काम रोक्ने चेतावनी दिइरहनुभएको छ’ कार्यकारी निर्देशक कँडेल भन्छन्, ‘त्यस्त्ाो अवस्था रहृयो भने यो आयोजनामा फेरि सुस्तता आउन सक्छ ।’

उनका अनुसार निमार्ण व्यावसायीलाई नोभेम्बरसम्म भएको कामको भुक्तानी दिइसकेको छ तर, त्यसयताको रकम दिा बाँकी छ । यसका लागि मेलम्ची आयोजना बोर्डले निर्णय गर्नुपर्ने उनी बताउँछन् ।

पाँच सदस्यीय बोर्डमा रहेका काठमाडौं महानगरपालिकाका मेयर र अर्थ मन्त्रालयका सहसचिव बैठकमा उपस्थित नहुँदा निमार्ण ब्यावसायीलाई भुक्तानी दिने/नदिने निर्णय गर्न हुन सकेको छैन । ‘बोर्डका बैठकमा उहाँहरु आउनुभएको छैन । प्रभावित क्षेत्रबाट प्रतिनिधि चन्ऽबहादुर थापा, खानेपानी मन्त्रालयका सचिव र म आफैं उपस्थित हुने गरेका कारण मात्रै यो बोर्ड रहिरहेको छ । नत्र उहिल्यै अस्तित्व सकिन्थ्यो’ कँडेलले दुखेसो गरे ।

सांसहरुको प्रश्न- कहिले आउँछ पानी ?

राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार सुन्दरीजलमै पुगेर आयोजना निमार्णको स्थलगत अनुगमन गरेको छ । अनुगमन अघि भएको कार्यक्रममा समिति सदस्यहरुले कार्यकारी निर्देशकलाई काठमाडौंबासीको धारामा मेलम्चीको पानी कहिले आउँछ ? भनेस सोधेका थिए ।

कांग्रेस सांसद सुरेन्द्रराज पाण्डेले अहिलेको गतिले अझै एक वर्ष मेलम्चीको पानी काठमाडौं नपुग्ने ठोकुवा गरे । उनले के समस्या भएको हो प्रष्ट राख्न समेत आग्रह गरेका थिए ।

नेकपाका सांसद खिमलाल भट्टराईले ३५ बर्षदेखि मेलम्चीको पानी आउँछ आउँछ भन्ने सुन्दा सुन्दा कान दुखिसकेको भन्दै ब्यङ्ग्य गरे । अर्का सांसद दिनानाथ शर्माले नेपालीहरुले ठूला आयोजना बनाउनै सक्दैनन् भन्ने मेलम्चीले पुष्टि गर्दै लगेको भन्दै आयोजनाको कार्यप्रति असन्तुष्टि ब्यक्त गरे ।

समिति सभापति दिलकुमारी रावलले पनि समन्वयको अभावले काम गर्नमा अप्ठ्यारो परेको भए त्यो फुकाउन समितिले सहयोग गर्ने बताइन् । जवाफमा आयोजनाका कार्यकारी निर्देशक कँडेलले काठमाडौंमा पाइप बिच्छ्याउने लगायतका कार्य धेरै सकिएको भन्दै सुन्दरीजलसम्मको सबै काम पुरा भएपनि काठमाडौंमा सप्लाई गर्न समस्या नहुने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...