News Portal

  • नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    १५८ पटक

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार क्षेत्रका स्थानीयलाई माइकिङ गरेर सचेत गराएको छ। मंगलबार बिहान तिब्बत क्षेत्रबाट आएको ठूलो बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि तलको बस्तीहरूमा असर पर्न सक्ने देखिएको हो।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवागढीस्थित भोटेकोशी नदीमा तिब्बतबाट आएको बाढीले त्रिशूली र बुढीगण्डकी दोभानसम्म प्रभाव पार्ने संकेत देखिएको छ। विभागले भोटेकोशी–स्याप्रुबेंसी जलमापन केन्द्रमा आज बिहान साढे तीन बजे बाढी पुगेको मापन गरेको जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार नदी किनारमा नजान र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गर्दै माइकिङ गरिएको हो। प्रहरीले नदी आसपासका बस्तीहरूमा सतर्कता अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...