News Portal

तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

१९० पटक

रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् । असारको अन्त्यतिरसम्म ८० प्रतिशत धान रोपाइँ सकिनु पर्ने हो तर समयमा पानी नपरेका कारण हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । असार २३ गतेसम्म पनि खेतमा पानी नपर्दा जोतेका खेतहरू समेत सुख्खा भएर धुलो उड्न थालेको छ ।

 

पानी नपरेपछि किसानहरू मोटरपम्पको भरमा खेत सिँचाइ गर्न बाध्य छन् । तर मोटरपम्पबाट सिँचाइ गर्दा विद्युत् आपूर्तिमा समस्या हुने र भोल्टेज पनि कम हुने भएकाले किसानहरू थप चिन्तामा परेका छन् । मोरङमा झण्डै ७८ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य मानिन्छ । तर हालसम्म २५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि कार्यालयले जनाएको छ ।

रंगेलीका किसान कमलेश कुमार सहाका अनुसार दिउँसो खेतमा पानी परे पनि भोलिपल्ट खेत सुक्खा हुने गरेको छ । उनी जस्ता सयौँ किसानहरू पानी नपर्दा दिनहुँ चिन्तामा छन् । असार महिनामा खोलानाला र खेतबारीमा पानीले भरिभराउ हुने बेला हो तर अहिले खेतबारीमा सुख्खा माटोका डल्ला मात्रै देख्न पाइन्छ ।

किसानहरूले असारमा लगाएको धानले एक वर्षभरि परिवारलाई खान पुग्ने गर्थ्यो तर यस वर्ष कसरी परिवार पाल्ने भन्ने चिन्ता लागेको किसान ग्यान्द मण्डलले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...