News Portal

तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

३२२ पटक

रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् । असारको अन्त्यतिरसम्म ८० प्रतिशत धान रोपाइँ सकिनु पर्ने हो तर समयमा पानी नपरेका कारण हालसम्म २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ । असार २३ गतेसम्म पनि खेतमा पानी नपर्दा जोतेका खेतहरू समेत सुख्खा भएर धुलो उड्न थालेको छ ।

 

पानी नपरेपछि किसानहरू मोटरपम्पको भरमा खेत सिँचाइ गर्न बाध्य छन् । तर मोटरपम्पबाट सिँचाइ गर्दा विद्युत् आपूर्तिमा समस्या हुने र भोल्टेज पनि कम हुने भएकाले किसानहरू थप चिन्तामा परेका छन् । मोरङमा झण्डै ७८ हजार हेक्टर जमिन धान खेतीका लागि योग्य मानिन्छ । तर हालसम्म २५ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको कृषि कार्यालयले जनाएको छ ।

रंगेलीका किसान कमलेश कुमार सहाका अनुसार दिउँसो खेतमा पानी परे पनि भोलिपल्ट खेत सुक्खा हुने गरेको छ । उनी जस्ता सयौँ किसानहरू पानी नपर्दा दिनहुँ चिन्तामा छन् । असार महिनामा खोलानाला र खेतबारीमा पानीले भरिभराउ हुने बेला हो तर अहिले खेतबारीमा सुख्खा माटोका डल्ला मात्रै देख्न पाइन्छ ।

किसानहरूले असारमा लगाएको धानले एक वर्षभरि परिवारलाई खान पुग्ने गर्थ्यो तर यस वर्ष कसरी परिवार पाल्ने भन्ने चिन्ता लागेको किसान ग्यान्द मण्डलले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...