News Portal

रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

२६७ पटक

काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान र संरचनामा क्षति पुर्‍याएको छ। भन्सार विभागका महानिर्देशक महेश भट्टराईका अनुसार अहिले पनि पूर्ण विवरण सङ्कलन भइरहेको छ तर प्रारम्भिक सूचनामा केही मालवस्तु र सवारीसाधन बाढीले बगाएको पुष्टि भइसकेको छ।

‘रसुवागढी हुँदै वर्षायाममा सामान्यतया थोरै मात्रामा सामान ओहोरदोहोर हुने गर्छ,’ महानिर्देशक भट्टराईले हिमाली सञ्चारसँग भने, ‘तर पनि जति सामान थिए, ती सबैमा क्षति पुगेको छ।’

बाढीले रसुवागढी भन्सार यार्ड, मितेरी पुल क्षेत्र र निर्माणाधीन नयाँ एकीकृत जाँच चौकी (आईसीपी) समेत बगाएको छ। बन्दै गरेका भवन र अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। यद्यपि, त्यहाँ खटिएका भन्सार कर्मचारी भने सकुशल रहेको भट्टराईले जनाएका छन्।

हाल घटनास्थलमा क्षतिको थप आकलन भइरहेको छ भने क्षतिको परिमाण र पुनःस्थापना कसरी अघि बढाउने भन्ने विषयमा सम्बन्धित निकाय छलफलमा जुटेका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...