News Portal

महाकाली किनारमा निर्माणाधीन बाँध नरोकिने : गृहमन्त्री लेखक

१८७ पटक

कञ्चनपुर, असार २२ – सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको महाकाली नदी किनारमा निर्माणाधीन बाँधको स्थलगत अवलोकन गर्दै गृहमन्त्री रमेश लेखकले बजेटको कारण बाँध निर्माण रोकिने अवस्था नआउने दाबी गर्नुभएको छ।

आइतबार भीमदत्त नगरपालिका–१२ मा पुगेर बाँध निर्माण स्थल निरीक्षण गर्नुभएका मन्त्री लेखकले महाकाली नदी आसपासका बस्तीहरूलाई बाढीबाट जोगाउन सरकारले विशेष निर्णय गरी नेपाली सेनालाई जिम्मेवारी दिएको स्पष्ट पार्नुभयो। ‘बाढीको जोखिम बढेपछि बस्ती जोगाउन सेनालाई जिम्मा लगाइएको हो,’ उहाँले भन्नुभयो, ‘यहाँ बजेटको अभावले काम अवरुद्ध हुने छैन, सरकारले आवश्यक रकम उपलब्ध गराउँछ ।’

गत वर्ष आएको बाढीले महाकाली नदीमा बनेको करिब २६० मिटर बाँध भत्किएपछि नदीको बहाव बस्ती तर्फ मोडिएर जोखिम थपिएको थियो। त्यसपछि भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका बस्तीलाई सुरक्षित राख्न सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। ‘चार लेनको पुल र आसपासका बस्ती बाढीको चपेटामा परेपछि सेनालाई जिम्मा दिएका हौं, स्थानीय तहमा समाधान हुने गरी सेना सक्रिय छ,’ मन्त्री लेखकले बताउनुभयो।

उहाँले नदी नियन्त्रण र संरक्षणलाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै निर्माणको गुणस्तर कायम राख्दै निर्धारित समयमै काम सक्न प्राविधिक टोलीलाई निर्देशन दिनुभयो।

यसै क्रममा मन्त्री लेखकले कञ्चनपुरकै दोधारा चाँदनीस्थित सुख्खा बन्दरगाहको शिलान्यास चाँडै हुने जानकारी समेत दिनुभयो। आइतबार निर्माण स्थल पुगेर उहाँले बन्दरगाह निर्माणका लागि आवश्यक सबै प्रक्रिया अघि बढेको र शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। ‘ठेक्का प्रक्रिया सकिएको छ, अब शिलान्यास कुन तहबाट गर्ने भन्ने छलफल भइरहेको छ, चाँडै काम सुरु हुन्छ र तीन वर्षभित्र सम्पन्न हुनेछ,’ उहाँले बताउनुभयो।

दोधारा चाँदनी नगरपालिका–१ को मायापुरी सामुदायिक वनमा बन्ने सुख्खा बन्दरगाहका लागि ४१ हेक्टर जमिन खाली गर्न करिब १,६०० रुख कटान गरिसकिएको छ। भारत सरकारको प्राविधिक र आर्थिक सहयोगमा बन्ने यस बन्दरगाहका लागि दुवै देशबीच २०२३ को जुन १ मा सम्झौता भएको थियो। सम्झौता अनुसार भारतीय पक्षले दुई अर्ब ५४ करोड भारतीय रुपैयाँको लागतमा निर्माण कम्पनी छनोट गरिसकेको छ।

करीब ४२ हेक्टर क्षेत्रफलमा बन्ने सुख्खा बन्दरगाहमा दुईवटा गोदाम, भन्सार जाँच, क्वारेन्टाइन, इमिग्रेसन, सुरक्षा लगायतका पूर्वाधार निर्माण गरिनेछ। नेपालतर्फको छ लेनको पहुँचमार्ग र महाकालीमा चार लेनको पक्की पुल पहिले नै सञ्चालनमा आइसकेको छ भने भारतले आफ्नोतर्फको पहुँचमार्ग निर्माण गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...