News Portal

काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक सातामै छुटे

२२६ पटक

काठमाडौं, असार २२ – करिब १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल एक साताभित्रै रिहा भएका छन्।

गत १३ असारमा चेक बाउन्सको उजुरीपछि प्रहरीले भेटवाललाई नियन्त्रणमा लिएर सोही दिनबाट म्याद गणना हुने गरी १५ असारमा ६ दिनको म्याद थप गरेको थियो। तर पक्राउ परेपछि स्वास्थ्य समस्या देखाउँदै उनी तुरुन्तै अस्पताल भर्ना भएका थिए।

अस्पतालमै उपचाररत अवस्थामा जिल्ला अदालत काठमाडौंमा पेश गरिँदा अदालतले स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै थप म्याद नदिएपछि उनी १९ असारमा छुटेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार अदालतबाट म्याद नथपिएपछि प्रहरीले थप कारबाही अघि बढाउन नसकेको बताए।

भेटवालमाथि करिब १० करोड रुपैयाँको चेक बाउन्स भएको आरोप लाग्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...