News Portal

स्याङ्जामा सुन चोर पक्राउ, चोरीका गहना फेला

२३३ पटक

स्याङ्जा, असार २२ — स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–६ मा भएको सुन चोरी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार चापाकोट नगरपालिका–४ स्थायी घर भई हाल वालिङ–६ बसोबास गर्दै आएकी ३४ वर्षीया दिपा क्षेत्री र वालिङ नगरपालिका–९ निवासी ३२ वर्षीय दुर्गा बि.क.लाई पक्राउ गरिएको हो।

गत १७ असारमा वालिङ–६ मा बसोबास गर्ने थानकुमारी पाण्डेको घरबाट आधा तोला सुनले बनेका दुईवटा पञ्चरत्ने बाला चोरी भएको थियो। सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरी चोरी भएका गहना समेत बरामद गरेको जनाएको छ।

प्रहरीले थप अनुसन्धानका लागि जिल्ला अदालत, स्याङ्जाबाट १० दिनको म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको जनाएको छ। साथै, पक्राउ परेका व्यक्तिहरू यसअघि पनि आसपासका बस्तीहरूमा घर पसेर सुनका गहना चोरी गर्ने गरेको सूचना प्राप्त भएकाले सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...