News Portal

भोजपुरको धोदलेखानीमा पारिवारिक झगडाले लिए चार ज्यान : हत्यापछि आफैं प्रहरीलाई खबर

१०१८ पटक

भोजपुर, असार २२  — भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा शनिबार राति पारिवारिक विवादले भयावह रूप लिँदा एकै परिवारका चार सदस्यको ज्यान गएको छ । भोजपुर नगरपालिका–२ हेलौंछा घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा सासू, ससुरा, श्रीमती र सालोलाई छुरा प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरीको हत्या गरेका हुन् । परिवारका सदस्यहरू सुतेको बेला उनले छुरा रोपेर हत्या गरेका हुन् भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्या गरेपछि आरोपी राजेन्द्र आफैंले प्रहरी कन्ट्रोलमा फोन गरेर ‘मैले चार जनाको हत्या गरेँ, मलाई पक्राउ गर्न आउनुहोस्’ भनेर खबर गरेका थिए । प्रहरीका अनुसार उनले राति ११ बजेतिर हत्या गरेर करिब १ बजेतिर प्रहरीलाई फोन गरेका थिए । संवेदनशील खबर पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । प्रहरी पुग्दा चारै जनाको शव भेटिएको हो ।

हत्या गरेपछि फरार भएका आरोपीलाई प्रहरीले घटनास्थलबाट झण्डै पाँच किलोमिटर पर हर्बु भञ्ज्याङबाट घाइते अवस्थामा नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला अस्पताल हुँदै थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई दिएको बयानमा राजेन्द्रले पारिवारिक विवादकै कारण आफूमाथि आक्रमण भएपछि छुरा खोसेर हत्यामा उत्रिनुपरेको दाबी गरेका छन् । उनका अनुसार सासूले पेटमा छुरा प्रहार गरेपछि उनले सोही छुरा खोसेर सबैलाई हानेको बताएका छन् ।

छ दिनअघि मात्रै उनी ससुराली गएका थिए । पत्नीलाई डेढ महिनाअघि सासूले माइत लगेको प्रहरी अनुसन्धानले देखाएको छ । घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...