News Portal

भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

१८३ पटक

सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान र कोशीका युवा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बिहीबार राति कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार गेट नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बू र धरान–११ का १९ वर्षीय मनिष राईलाई स्कुटर चेकजाँच गर्ने क्रममा समातिएको हो । भारतको बिरपुरबाट किनेको ब्राउन सुगर स्कुटर चालक मनिष लिम्बूले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ५.९४ ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भारतबाट पैदल हुँदै नेपाल छिर्दै गरेका कोशी गाउँपालिका–४ का २४ वर्षीय सम्साद मिया, इनरुवा नगरपालिका–४ का २० वर्षीय शिवदेव खत्वे र नितेश स्वर्णकार पनि पक्राउ परेका छन् । पक्राउ परेका मध्ये शिवदेवको साथबाट थप २५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न थप व्यक्ति र सञ्जालबारे पनि अनुसन्धानलाई तीव्र पारिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...