News Portal

भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

३०४ पटक

सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान र कोशीका युवा प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा बिहीबार राति कोशी गाउँपालिका–१ स्थित लौकही भन्सार गेट नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय मनिष लिम्बू र धरान–११ का १९ वर्षीय मनिष राईलाई स्कुटर चेकजाँच गर्ने क्रममा समातिएको हो । भारतको बिरपुरबाट किनेको ब्राउन सुगर स्कुटर चालक मनिष लिम्बूले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ५.९४ ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भारतबाट पैदल हुँदै नेपाल छिर्दै गरेका कोशी गाउँपालिका–४ का २४ वर्षीय सम्साद मिया, इनरुवा नगरपालिका–४ का २० वर्षीय शिवदेव खत्वे र नितेश स्वर्णकार पनि पक्राउ परेका छन् । पक्राउ परेका मध्ये शिवदेवको साथबाट थप २५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ । प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न थप व्यक्ति र सञ्जालबारे पनि अनुसन्धानलाई तीव्र पारिएको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...