News Portal

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

१७९ पटक

जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरुको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर तस्करीको सामान सीमावर्ती क्षेत्र हुँदै भित्र्याइँदै छ भन्ने विशेष सूचनाका आधारमा करिब ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले तलासी गर्ने क्रममा आँपबगैँचामा लुकाइराखिएको सामान भेटिएपछि तस्करको समूहले घरेलु हतियार, ढुंगा र लाठी लिएर प्रहरीमाथि आक्रमण गरेका थिए।

अत्याधिक भीड र प्रतिकारसँग जुध्न प्रहरीले स्थिति नियन्त्रणका लागि १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए। प्रहरीले भिडन्तपछि क्षेत्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...