News Portal

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच सीमामा भिडन्त, ६ सुरक्षाकर्मी घाइते

२४७ पटक

जनकपुरधाम, असार २० – नेपाल–भारत सिमानाका नजिक धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा बिहीबार साँझ सशस्त्र प्रहरी बल र तस्कर समूहबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। घाइतेहरुको हाल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर तस्करीको सामान सीमावर्ती क्षेत्र हुँदै भित्र्याइँदै छ भन्ने विशेष सूचनाका आधारमा करिब ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले तलासी गर्ने क्रममा आँपबगैँचामा लुकाइराखिएको सामान भेटिएपछि तस्करको समूहले घरेलु हतियार, ढुंगा र लाठी लिएर प्रहरीमाथि आक्रमण गरेका थिए।

अत्याधिक भीड र प्रतिकारसँग जुध्न प्रहरीले स्थिति नियन्त्रणका लागि १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गर्नुपरेको एसपी खड्काले बताए। प्रहरीले भिडन्तपछि क्षेत्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...