News Portal

एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

३३८ पटक

काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल भक्तपुर चाँगुनारायण–८ सुडालकी गोमा श्रेष्ठको डाक्टर बन्ने सपना अब अधुरो रहने छैन। आर्थिक अभावले गोमाको बाटो रोक्ला कि भन्ने परिवारमा चिन्ता थियो। तर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको हातबाट अब गोमाको सपना नयाँ उचाइमा पुग्ने भएको छ।

सानैदेखि इँटाभट्टामा बाबुआमासँग बस्दै आएकी गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिइन्। शुक्रबार सार्वजनिक भएको नतिजामा उनले ४ जीपीए ल्याएर प्रतिभा देखाएकी थिइन्। तर कमजोर आर्थिक पृष्ठभूमिका कारण उनको लक्ष्य पुरा हुने कि नहुने अन्योल थियो।

यही खबर थाहा पाएपछि गुरुङले व्यक्तिगत रूपमा गोमालाई भेटेर एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च आफैंले बेहोरिदिने प्रतिबद्धता जनाएका छन्।

गुरुङको सहयोगले गोमाको मात्रै होइन, समाजका यस्ता हजारौं विपन्न प्रतिभाको सपना साकार पार्ने बाटो देखाएको छ। पढाइमा जोश, तर परिवारमा आर्थिक अभाव भएका विद्यार्थीका लागि यो उदाहरणीय सहयोग बनेको छ।

गोमाको उज्यालो भविष्यका लागि गुरुङले देखाएको हातले शिक्षा र अवसरको ढोका अझ फराकिलो बनाएको छ। समाजमा प्रतिभा खेर नजाओस् भन्ने गुरुङको सदाशय प्रयासको सर्वत्र प्रशंसा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...