News Portal

  • अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    २३७ पटक

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ।

    यस वर्षको पुरस्कार डा. आइडेन लेर्चलाई ‘न्यायालयहरूले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट रोक्न कस्तो प्रकारका आदेश दिन सक्दछन्’ भन्ने विषयमा केन्द्रित उनको शोधग्रन्थका लागि प्रदान गरिएको हो।

    डा. लेर्चको उक्त शोधग्रन्थ यस वर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायमा सर्वोत्कृष्ट शोधग्रन्थका रूपमा छनोट गरिएको थियो।

    अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रा. सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि ‘महाविद्यावारिधि’ प्रदान गरेको थियो भने सन् २०२० मा प्रा. सुवेदीको नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो।

    प्रा. सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक तथा बेलायतका ब्यारिस्टर र केसी (किन्स काउन्सिल) हुन्। उनलाई दुई वर्षअघि अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजले अन्तर्राष्ट्रिय कानून क्षेत्रमा असाधारण योगदान पुर्‍याएको व्यक्तिका रूपमा आजीवन मानार्थ प्राज्ञको रूपमा निर्वाचित गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...

    युवा नेतृत्व बिना राजनीति अघि बढ्दैन : मन्त्री खरेल

    काठमाडौं, मंसिर २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीति अब नयाँ पुस्ताको हातमा...

    प्रधानमन्त्री कार्कीले आज चार मन्त्री थप्दै, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    काठमाडौं, मंसिर २६ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आज...

    युवा शक्ति कुवेतद्वारा पहिलो पटक सरकारी स्वीकृतिसहित सालमिया साइट क्षेत्रमा सफाई अभियान सुरु

    कुवेत सिटी– कुवेत सामाजिक सेवामा सक्रिय युवा शक्ति कुवेतले कुवेत सरकारअन्तर्गतको स्थानीय नगरपालिका (Municipality) बाट आधिकारिक...