News Portal

अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

३१० पटक

लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई प्रदान गरिने वार्षिक पुरस्कारको विजेता घोषणा गरेको छ।

यस वर्षको पुरस्कार डा. आइडेन लेर्चलाई ‘न्यायालयहरूले न्याय सम्पादन गर्दा मुद्दाको अन्तिम किनारा नलाग्दै कुनै पक्षलाई तत्काल हुन सक्ने अन्यायबाट रोक्न कस्तो प्रकारका आदेश दिन सक्दछन्’ भन्ने विषयमा केन्द्रित उनको शोधग्रन्थका लागि प्रदान गरिएको हो।

डा. लेर्चको उक्त शोधग्रन्थ यस वर्षको अक्सफोर्ड विश्वविद्यालयको कानून संकायमा सर्वोत्कृष्ट शोधग्रन्थका रूपमा छनोट गरिएको थियो।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्रा. सुवेदीलाई उक्त विश्वविद्यालयले सन् २०१९ मा प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि ‘महाविद्यावारिधि’ प्रदान गरेको थियो भने सन् २०२० मा प्रा. सुवेदीको नाममा उक्त वार्षिक पुरस्कार स्थापना गरेको थियो।

प्रा. सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक तथा बेलायतका ब्यारिस्टर र केसी (किन्स काउन्सिल) हुन्। उनलाई दुई वर्षअघि अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजले अन्तर्राष्ट्रिय कानून क्षेत्रमा असाधारण योगदान पुर्‍याएको व्यक्तिका रूपमा आजीवन मानार्थ प्राज्ञको रूपमा निर्वाचित गरेको थियो।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...