News Portal

स्रोत नखुलेको नगदसहित गौरमा पूर्व अनुसन्धानकर्मी पक्राउ

२२९ पटक

रौतहट, असार १९ — रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पूर्व राष्ट्रिय अनुसन्धानकर्मी पक्राउ परेका छन्। मंगलबार दिउँसो भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका जितेन्द्र राउतलाई शसस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

गौर भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा राउतको टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर राखिएको दुई लाख पचास हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। बीआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा सवार राउतलाई शंका लागि जाँच गर्दा उक्त नगद भेटिएको सशस्त्र प्रहरी बल नम्बर ११ गणले जानकारी दिएको छ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि राउतलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी स्रोतले बताएको छ। हाल थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...