News Portal

गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा ग्राभेलसम्म नहुँदा स्थानीय जनता सास्तीमा

१५६५ पटक

हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ अधिकांश सडकहरू ग्राभेलसमेत नहुँदा यातायात, जनजीवन र समग्र विकासमा गहिरो असर पर्छ। वर्षौँदेखि कच्ची रहेका बाटाहरूको समयमा मर्मत सम्भार नहुँदा स्थानीय बासिन्दाहरू दैनिक आवतजावतमा ठूलो कठिनाइ भोग्न बाध्य छन्। पानी परेपछि बाटो हिलो र चिप्लो हुने भएकाले विद्यार्थी, बिरामी र वृद्धवृद्धाहरूलाई झन् बढी सास्ती हुने गरेको छ। सम्बन्धित निकायको ध्यान किन गएको छैन भन्ने प्रश्न अझै अनुत्तरित छ।

संघीयता पछि विकास भएको हो त भन्ने प्रश्नको उत्तर सरल ‘‘हो’’ वा ‘‘होइन’’ मा दिन गाह्रो छ। किनकि यो प्रश्न धेरै पक्षसँग सम्बन्धित छ—नीति, कार्यान्वयन, शासन क्षमता, जनसहभागिता र स्थानीय सरकारको भूमिकासँग जोडिएको छ।

संघीयता पछि केही हदसम्म विकास भएको छ, विशेष गरी पहुँच, संरचना र अधिकार प्रत्यायोजनमा। तर त्यो विकास समग्र रूपमा समान र संघीयताको उद्देश्यअनुसार प्रभावकारी हुन सकेको छैन। अझै पनि नीति सुधार, क्षमता विकास, पारदर्शिता र समन्वय आवश्यक छ। तीन तहको शासन संरचनाले खर्च दोहोरिनु, पारदर्शिताको कमी देखिनु र दक्ष जनशक्तिको अभावले योजना कार्यान्वयनमा समस्या उत्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय सरकारबीच शक्ति र स्रोतको स्पष्ट वितरण नहुनुले पनि समस्या झन् जटिल भएको छ।

संघीयता पछिका वर्षहरूमा सडक, स्वास्थ्यचौकी, विद्यालय, भवन निर्माणजस्ता भौतिक पूर्वाधार निर्माण तीव्र भएको देखिए पनि गंगा जमुना गाउँपालिका वडा नम्बर ५ भित्र भने हरेक वर्ष बर्खा लागेपछि सडकको अवस्था दर्दनाक नै रहन्छ। यो समस्या नयाँ होइन। स्थानीय निकायको गैरजिम्मेवारीपनले नै यो अवस्था आएको स्थानीय बासिन्दाहरू बताउँछन्। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले जिम्मेवारीका साथ काम गरेको भए सायद यस्तो समस्या आउँदैनथ्यो भन्नेमा धेरै स्थानीय विश्वस्त छन्।

हिमाली सञ्चारसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले भने, ‘‘सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूलाई यहाँको समस्या थाहा हुँदाहुँदै पनि आफूले गर्नुपर्ने काम गर्न नसक्नु एउटा ठूलो विडम्बना हो।’’

गंगा जमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा धादिङबेसी सदरमुकाममै बसेर पालिकाको काम अघि बढाउन व्यस्त छन्। तर उपाध्यक्षलाई कुनै गुनासो लिएर गइयो भने उनीहरू गुनासो अध्यक्षकै टाउकोमा थुपारेर आफू पन्छिन खोज्छन् भन्ने गुनासो पनि स्थानीयमा छ।

सडक मर्मत बर्खा अघि नै गर्नुपर्ने जिम्मेवारी वडाध्यक्षको पनि उत्तिकै हुन्छ। वडा नम्बर ५ का धेरै स्थानीयहरू गाउँभन्दा बाहिर बस्छन्। चाडपर्वमा मात्रै गाउँ फर्किने उनीहरूले दशैं–तिहारमा गाउँ आएर सामाजिक सञ्जालमा बाटोको अवस्था देखाउँदै आलोचना लेख्नु कुनै नौलो कुरा होइन।

जिल्ला समन्वय प्रमुखले पनि यो बाटो किन नबनेको भनेर तत्कालै हस्तक्षेप गर्ने हिम्मत गरेका छैनन्। किनकि उनी गठबन्धनको सिफारिसबाट जिल्ला समन्वय प्रमुख बनेका हुन् भन्ने कुरा सबैलाई थाहा छ।

यतिबेला सामाजिक सञ्जालमा बाटोघाटोको अवस्था देखाउँदै स्थानीय निकायमाथि आक्रोश पोख्न थालिएको छ। तर विडम्बना के छ भने बजेट नभएर हो कि स्थानीय सरकारले चासो नदेखाएर हो भन्ने कुरामा जनता आफैं अन्योलमा परेका छन्।

 

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...