News Portal

सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

२१४ पटक

काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा कडा कदम चालेकी छन्। चरित्र हत्या गर्दै गालीगलौज गर्नेहरूमाथि कानुनी कारबाहीका लागि उनले नेपाल प्रहरीको साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गराएकी हुन्।

हालसम्म उनले चारजनालाई प्रहरीमा जिम्मा लगाइसकेकी छन् भने अझै बाँकी रहेकाहरूलाई पनि कानुनी दायरामा ल्याइने उनको भनाइ छ। पछिल्ला दिनमा एलिना चौहान र समीक्षा अधिकारी दुवै जना सामाजिक सञ्जालमा आफूहरूलाई निरन्तर बदनाम गर्ने व्यक्तिहरूको अकाउन्ट सार्वजनिक गर्दै आएका छन्।

प्रोफाइल सार्वजनिक भएपछि केहीले गल्ती स्वीकार्दै माफी मागेका छन् तर केहीले भने झनै हिम्मत बढाउँदै गालीगलौज जारी राखेपछि एलिनाले साइबर ब्युरोको ढोका ढकढक्याउनुपरेको हो। ‘पटक–पटक चेतावनी दिँदा पनि नमान्ने चारजनाविरुद्ध उजुरी दिएको छु, बाँकीलाई पनि कानुनी प्रक्रियामा लैजानेछु,’ एलिनाले भनिन्।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...