News Portal

महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

२७० पटक

काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्राण्डी क्षेत्रमा बस्दै आएका २९ वर्षीय रमेश थापा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार थापाले नेपालभित्र र विदेशमा रहेका नेपाली महिला तथा पुरुषसँग पैसा लिई भिडियो कलमार्फत अश्लील गतिविधिमा संलग्न गराउँदै आएका थिए। त्यस क्रममा उनले महिलाहरूको अश्लील सामग्री तयार पारेर किनबेच समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार अश्लील किताब, पर्चा वा सामग्री उत्पादन तथा वितरण गर्न नपाइने कसुरमा पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...