News Portal

  • काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    ११७ पटक

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक विवाद झनै चर्किएको छ। मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईबीचको लामो समयदेखिको विवादका कारण अहिले बजेट तर्जुमा प्रक्रिया नै अन्योलमा परेको छ।

    देशभरका छ मध्ये पाँचवटा महानगरपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि असार १० भित्रै बजेट पेस गरिसक्दा पनि काठमाडौँमा भने प्रक्रिया नै थाल्न सकेको छैन। यसले राजधानीको स्थानीय शासनप्रति नै प्रश्न खडा गरिदिएको छ।

    विवादको मूल जड बनेका छन् प्रमुख प्रशासकीय अधिकृत गुरागाँई। मेयर बालेन गुरागाँईलाई बिदामा पठाएर नयाँ प्रशासकीय नेतृत्व ल्याउन चाहन्छन् भने कार्यपालिकाका अधिकांश सदस्य भने गुरागाँईकै पक्षमा उभिएका छन्। यसैबीच, केही समयअघि मेयर बालेनका आलोचक बनेका महानगर प्रवक्ता नवीन मानन्धर फेरि बालेनकै लाइनमा लागेका छन्।

    पहिले बालेनमाथि नै विभिन्न आरोप लगाउँदै आएका मानन्धर अहिले भने प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा पठाउनुपर्ने मागसहित बालेनलाई खुला समर्थन गरिरहेका छन्। वडाध्यक्षहरूसँग भेटघाट गरी मानन्धरले ‘अब गुरागाँई बिदामा जानुपर्छ, नत्र बजेट आउँदैन’ भन्दै सहमति बनाउन खटिएको महानगर स्रोत बताउँछ।

    यता मेयर बालेन गुरागाँई बिना नै कार्यपालिका बैठक गर्न चाहन्छन् तर अधिकांश वडाध्यक्ष र सदस्यहरूले भने यो कदम अवैधानिक हुने तर्क गरेका छन्। बालेनले केही समयअघि मानन्धरलाई सूचना प्रविधि समितिको संयोजक पदबाट हटाएका थिए तर पछिल्लो समय निर्णय फिर्ता लिएपछि उनी फेरि बालेन निकट भएका हुन्।

    अहिले काठमाडौँ महानगरपालिकामा बजेट तर्जुमा तथा कार्यक्रम समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक नै बस्न सकेको छैन। आन्तरिक गुटबन्दी र शक्ति सन्तुलनको रस्साकस्सीका कारण राजधानीवासी नागरिकले बजेट पर्खेर बस्नुपर्ने अवस्था आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए बेल्जियमद्वारा बद्री र गौरीको अवैधानिक पत्र खारेज, अगष्ट १७ मा साधारणसभा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई...

    सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध एलिनाको कडा कदम : चारजनाविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाडौं, असार १६ – गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत अश्लील र आपत्तिजनक व्यवहार गर्नेहरूको विरुद्धमा...

    महिलाको अश्लील भिडियो बनाएर बेच्ने युवक पक्राउ

    काठमाडौं, असार १६ — अश्लील फोटो तथा भिडियो तयार पारेर बेचबिखनमा संलग्न एक युवकलाई प्रहरीले...

    काठमाडौँ महानगरमा बजेट विवाद चुलिदैँ : प्रवक्ता मानन्धर फेरि मेयर बालेनको कित्तामा

    काठमाडौं, असार १६ – राजधानीको काठमाडौँ महानगरपालिकामा समयमै नयाँ आर्थिक वर्षको बजेट ल्याउन नसक्दा आन्तरिक...