News Portal

 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घट्यो

हिमाली संचार संवाददाता
७१२ पटक

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि दुई रुपैयाँ घटाएको हो ।

नेपाल सरकार तथा निगम सञ्चालक समितिको २०७१ सालको निर्णय बमोजिन स्वतः सञ्चालित मूल्य संरचना अनुरुप सोमबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार ११४ रुपैयाँमा कारोबार भइरहेको पेट्रोलको मूल्य ११२ रुपैयाँ कायम हुनेछ भने १०१ मा कारोबार भइरहेको  डिजेल/मट्टितेल ९९ रुपैयाँमा कारोबार हुनेछ ।

भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा दूई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको निगमले जनाएको छ ।

यस्तै हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ । काठमाडौं उपत्यका बाहेक निगमको डिपो रहेका स्थानहरुबाट १५ किलोमिटर भित्रमा नयाँ मूल्य लागू हुने निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...