News Portal

थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

३५६ पटक

नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत गरिएका छन्। भन्सार अधिकारीहरूले दिएको जानकारीअनुसार थाइल्यान्डबाट मुम्बई आएका एक यात्रुका साथबाट २० वटा जीवित सर्प बरामद भएपछि उनी पक्राउ परेका छन्।

गत आइतबार विमानस्थल पुगेका ती यात्रुको झोलाबाट गार्टर सर्प, राइनो र्‍याट सर्प र केन्याली स्यान्ड बोआसहितका विभिन्न सर्प प्रजातिहरू जफत गरिएको भन्सार विभागले जनाएको छ। बरामद गरिएका अधिकांश सर्पहरू घरपालुवा जनावरका रूपमा अवैध व्यापारमा बेचिने उद्देश्यले तस्करी गरिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भन्सार अधिकारीहरूले पछिल्लो समय यस्ता खाले तस्करीका घटना दोहोरिँदै गएको भन्दै थप निगरानी कडा पारिएको बताएका छन्। यही महिनाको सुरुमा मात्रै थाइल्यान्डबाटै आएका एक यात्रुले विषालु भाइपर सर्पहरू तस्करी गर्न खोज्दा पक्राउ परेका थिए। त्यसको केही दिनपछि अर्को यात्रुले छेपारो, सनबर्ड र रूख चढ्ने पोसमसहित सयभन्दा बढी जीव बोकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

जङ्गली जनावर तथा बोटबिरुवा तस्करी नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय संस्था ‘ट्राफिक’ ले विदेशी घरपालुवा जनावरको नाममा हुने अवैध व्यापारले निकै चिन्ताजनक रूप लिइसकेको चेतावनी दिएको छ। पछिल्ला तीन वर्षमा मात्रै थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित तथा मृत जनावर बरामद गरिएका छन्।

हाल पक्राउ परेका यात्रुमाथि थप अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...