News Portal

थाइल्यान्डबाट भारत भित्र्याउन लागिएका २० सर्पसहित एक यात्रु मुम्बई विमानस्थलमा नियन्त्रणमा

२८१ पटक

नयाँदिल्ली, असार १६ – थाइल्यान्डबाट भारततर्फ ल्याइँदै गरेका दुर्लभ प्रजातिका जीवित सर्पहरू मुम्बई विमानस्थलमा जफत गरिएका छन्। भन्सार अधिकारीहरूले दिएको जानकारीअनुसार थाइल्यान्डबाट मुम्बई आएका एक यात्रुका साथबाट २० वटा जीवित सर्प बरामद भएपछि उनी पक्राउ परेका छन्।

गत आइतबार विमानस्थल पुगेका ती यात्रुको झोलाबाट गार्टर सर्प, राइनो र्‍याट सर्प र केन्याली स्यान्ड बोआसहितका विभिन्न सर्प प्रजातिहरू जफत गरिएको भन्सार विभागले जनाएको छ। बरामद गरिएका अधिकांश सर्पहरू घरपालुवा जनावरका रूपमा अवैध व्यापारमा बेचिने उद्देश्यले तस्करी गरिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

भन्सार अधिकारीहरूले पछिल्लो समय यस्ता खाले तस्करीका घटना दोहोरिँदै गएको भन्दै थप निगरानी कडा पारिएको बताएका छन्। यही महिनाको सुरुमा मात्रै थाइल्यान्डबाटै आएका एक यात्रुले विषालु भाइपर सर्पहरू तस्करी गर्न खोज्दा पक्राउ परेका थिए। त्यसको केही दिनपछि अर्को यात्रुले छेपारो, सनबर्ड र रूख चढ्ने पोसमसहित सयभन्दा बढी जीव बोकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।

जङ्गली जनावर तथा बोटबिरुवा तस्करी नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय संस्था ‘ट्राफिक’ ले विदेशी घरपालुवा जनावरको नाममा हुने अवैध व्यापारले निकै चिन्ताजनक रूप लिइसकेको चेतावनी दिएको छ। पछिल्ला तीन वर्षमा मात्रै थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित तथा मृत जनावर बरामद गरिएका छन्।

हाल पक्राउ परेका यात्रुमाथि थप अनुसन्धान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...