News Portal

  • महोत्तरीमा टिपरको ठक्करले १७ वर्षीय युवकको ज्यान गयो, एक गम्भीर अवस्थामा अस्पतालमा

    १३२ पटक

    महोत्तरी, असार १६ – बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करले एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगतको मृत्यु भएको हो। उनी मोटरसाइकल चालक थिए।

    मोटरसाइकलको पछिल्लो सिटमा सवार जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत भने गम्भीर घाइते भएका छन्।

    घटना आइतबार साँझ करिब साढे ७ बजेतिर भएको प्रहरीले जनाएको छ। बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले टिम्किया भन्ने स्थानमा सोही दिशातर्फ गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

    गम्भीर घाइते भएका नीतिशलाई तत्काल बर्दिबास अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी भट्टले जानकारी दिनुभयो। पछाडि सवार रुपेश भगतको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

    यस घटनापछि टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २८ गतेको राशिफल

    आज कार्तिक २८, २०८२ (नोभेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गगन थापाको आत्मालोचना : “देउवालाई सभापति बन्न दिनु मेरो राजनीतिक भूल थियो”

    काठमाडौं, कार्तिक २७ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १४औँ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति...

    रंगेलीमा दुई युवक लागूऔषधसहित पक्राउ

    मोरङ, कार्तिक २७ – रंगेली नगरपालिका–४ मा सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट (बीओपी) ले लागूऔषधसहित...

    रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु

    बुटवल, कार्तिक २७ — सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...