News Portal

महोत्तरीमा टिपरको ठक्करले १७ वर्षीय युवकको ज्यान गयो, एक गम्भीर अवस्थामा अस्पतालमा

२१० पटक

महोत्तरी, असार १६ – बर्दिबास–जलेश्वर सडक खण्डमा टिपरको ठक्करले एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार दुर्घटनामा लोहारपट्टी नगरपालिका–१ बगराका १७ वर्षीय नीतिश भगतको मृत्यु भएको हो। उनी मोटरसाइकल चालक थिए।

मोटरसाइकलको पछिल्लो सिटमा सवार जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत भने गम्भीर घाइते भएका छन्।

घटना आइतबार साँझ करिब साढे ७ बजेतिर भएको प्रहरीले जनाएको छ। बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले टिम्किया भन्ने स्थानमा सोही दिशातर्फ गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका नीतिशलाई तत्काल बर्दिबास अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी भट्टले जानकारी दिनुभयो। पछाडि सवार रुपेश भगतको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

यस घटनापछि टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका–४ का ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...