आज : २०२६-०६-१६, मङ्गलबार

मुगु केन्द्रबिन्दु, ४.८ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण खुल्न बाँकी

मुगु, असार १५ — मुगु जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्पको झट्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर दिउँसो ठीक २ बजेर ३४ मिनेटमा भूकम्प गएको पुष्टि गरिएको छ।

केन्द्रका विज्ञका अनुसार उक्त भूकम्पको तीव्रता ४.८ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पको झट्काले केही क्षण स्थानीयवासीहरु त्रसित बनेका थिए भने केही ठाउँमा मानिसहरु घरबाहिर निस्किएका थिए।

हालसम्म क्षतिको कुनै ठोस विवरण प्राप्त नभएको जनाइएको छ भने स्थानीय प्रशासन र प्राविधिक टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे प्रारम्भिक अध्ययन सुरु गरेको छ। थप विवरण आउन बाँकी छ।