News Portal

नेकपा समाजवादीमा झाँक्रीको कडा सन्देश : अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिँदैन, नेतृत्व फेरौँ

१९२ पटक

काठमाडौं, असार १५ – नेकपा (एकीकृत समाजवादी) की चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्र गहिरिँदो संकटलाई लिएर अध्यक्ष माधवकुमार नेपालप्रति सिधा प्रहार गरेकी छन्। शनिबार लुम्बिनी प्रदेशस्तरीय युवा भेलामा बोल्दै झाँक्रीले पतञ्जली जग्गा प्रकरणपछि अध्यक्ष नेपालमाथि नै प्रश्न उठेकाले अब पार्टीलाई नयाँ दिशातर्फ डोर्याउन अर्ली महाधिवेशन अपरिहार्य भएको धारणा राखिन्।

एमाले फुटाउँदा नेपालसँगै दल दर्ता प्रक्रियामा खुलेर लागेकी झाँक्रीले अहिले भने अध्यक्षकै कारण पार्टी संकटमा फसेको भन्दै कडा चेतावनी दिइन्। उनले भनिन्, ‘अब काँधमा मरेको सिनो राखेर हिँड्न सकिँदैन। पार्टी संकटमा छ भने त्यसलाई पुनर्गठन गरेर अगाडि बढ्नुपर्छ, भागेर होइन।’

झाँक्रीले अबको विकल्प भनेकै हलबाटै नयाँ नेतृत्व छान्नुपर्नेमा जोड दिइन्। ‘मतदाता नामावली सारेर ल्याइएका र टीका लगाएर बनाइएका केन्द्रीय समितिले पार्टी बन्छ भन्ने होइन,’ भन्दै उनले यस्ता चलनबाट मुक्त भएर सबैले सभाबाट नेतृत्व चुन्नुपर्नेमा जोड दिइन्।

पतञ्जली जग्गा खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा परेपछि अध्यक्ष नेपाल ३५ लाख धरौटीमा छुटेका छन्। अदालतले उनलाई आगामी साउन १३ गते फेरि उपस्थित हुन बोलाएको छ। यस घटनाले पार्टीकै साखमा प्रश्न उठेको भन्दै झाँक्रीले नेतृत्व परिवर्तनलाई एक मात्र समाधानका रूपमा प्रस्तुत गरिन्।

उनले थप भनिन्, ‘हामी सुध्रिने हो भने अब नयाँ ढंगले जानुपर्छ। अर्ली महाधिवेशन गरेर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्छ। नेतृत्व फेरौं, संकट हटाऔँ, पार्टी बचाऔँ।’

युवाहरूलाई उनले आह्वान गरिन् — ‘पार्टी बनाउन चाहने जो कोहीलाई पनि अवसर दिनुपर्छ। नेतृत्व परिवर्तन गरेर मात्र पार्टी बलियो बन्छ।’

विशेष अदालतको आदेशअनुसार अध्यक्ष नेपालले धरौटी बुझाएर छुटे पनि मुद्दा भने अझै टुंगिएको छैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...