News Portal

नेकपा समाजवादीमा झाँक्रीको कडा सन्देश : अब मरेको सिनो काँधमा राखेर हिँड्न सकिँदैन, नेतृत्व फेरौँ

३२१ पटक

काठमाडौं, असार १५ – नेकपा (एकीकृत समाजवादी) की चर्चित नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्र गहिरिँदो संकटलाई लिएर अध्यक्ष माधवकुमार नेपालप्रति सिधा प्रहार गरेकी छन्। शनिबार लुम्बिनी प्रदेशस्तरीय युवा भेलामा बोल्दै झाँक्रीले पतञ्जली जग्गा प्रकरणपछि अध्यक्ष नेपालमाथि नै प्रश्न उठेकाले अब पार्टीलाई नयाँ दिशातर्फ डोर्याउन अर्ली महाधिवेशन अपरिहार्य भएको धारणा राखिन्।

एमाले फुटाउँदा नेपालसँगै दल दर्ता प्रक्रियामा खुलेर लागेकी झाँक्रीले अहिले भने अध्यक्षकै कारण पार्टी संकटमा फसेको भन्दै कडा चेतावनी दिइन्। उनले भनिन्, ‘अब काँधमा मरेको सिनो राखेर हिँड्न सकिँदैन। पार्टी संकटमा छ भने त्यसलाई पुनर्गठन गरेर अगाडि बढ्नुपर्छ, भागेर होइन।’

झाँक्रीले अबको विकल्प भनेकै हलबाटै नयाँ नेतृत्व छान्नुपर्नेमा जोड दिइन्। ‘मतदाता नामावली सारेर ल्याइएका र टीका लगाएर बनाइएका केन्द्रीय समितिले पार्टी बन्छ भन्ने होइन,’ भन्दै उनले यस्ता चलनबाट मुक्त भएर सबैले सभाबाट नेतृत्व चुन्नुपर्नेमा जोड दिइन्।

पतञ्जली जग्गा खरिदमा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा परेपछि अध्यक्ष नेपाल ३५ लाख धरौटीमा छुटेका छन्। अदालतले उनलाई आगामी साउन १३ गते फेरि उपस्थित हुन बोलाएको छ। यस घटनाले पार्टीकै साखमा प्रश्न उठेको भन्दै झाँक्रीले नेतृत्व परिवर्तनलाई एक मात्र समाधानका रूपमा प्रस्तुत गरिन्।

उनले थप भनिन्, ‘हामी सुध्रिने हो भने अब नयाँ ढंगले जानुपर्छ। अर्ली महाधिवेशन गरेर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउनुपर्छ। नेतृत्व फेरौं, संकट हटाऔँ, पार्टी बचाऔँ।’

युवाहरूलाई उनले आह्वान गरिन् — ‘पार्टी बनाउन चाहने जो कोहीलाई पनि अवसर दिनुपर्छ। नेतृत्व परिवर्तन गरेर मात्र पार्टी बलियो बन्छ।’

विशेष अदालतको आदेशअनुसार अध्यक्ष नेपालले धरौटी बुझाएर छुटे पनि मुद्दा भने अझै टुंगिएको छैन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...