News Portal

सुनसरीमा भिषण मोटरसाइकल दुर्घटना : एकै परिवारका दुईसहित तीन जनाको ज्यान, दुई जना गम्भीर

१९७ पटक

विराटनगर, १५ असार – सुनसरी जिल्लाको रामधुनी नगरपालिका क्षेत्रभित्र शनिबार साँझ एक दर्दनाक मोटरसाइकल दुर्घटनामा परी एकै परिवारका बाबु–छोरासहित तीन जनाले ज्यान गुमाएका छन् भने दुई जना गम्भीर घाइते भएका छन्।

चतरा–कान्छी चोक भित्री सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो। कालाबञ्जारतर्फबाट कान्छी चोकतर्फ गइरहेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल रामधुनी–७ बासबिटी क्षेत्रमा ठोक्किएको प्रहरीले जनाएको छ।

साँझ करिब साढे ७ बजे भएको उक्त दुर्घटनामा परेर रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिष चौधरी र इनरुवा नगरपालिका–६ का करिब ५० वर्षीय बिन्दु यादवको निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी ३२ वर्षीया प्रतीक्षा चौधरी मृतक इनर्चन चौधरीकी श्रीमती रहेको खुलेको छ। उनीसँगै इनरुवा–७ का करिब ३६ वर्षीय रमेश चौधरी पनि गम्भीर अवस्थामा रहेका छन्। दुवै जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण ठोक्किँदा ठूलो क्षति भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। प्रहरीले घटनास्थलको थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...