News Portal

असार १५ मा राष्ट्रपति पौडेल परिवारसहित रोपाइँमा व्यस्त

२५५ पटक

काठमाडौं, असार १५ – परम्परागत असार १५ लाई ‘धान दिवस’ का रूपमा मनाउँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासको आँगनमै रोपाइँ गरी कृषिप्रतिको सम्मान प्रकट गरेका छन्।

राष्ट्रपति पौडेलसँगै उहाँका परिवारका सदस्यहरू, शीतल निवासका कर्मचारी तथा नेपाली सेनाको टोलीसमेत खेतमा ओर्लिएर धान रोपाइँमा जुटेका थिए। खेतमा माटो सुम्सुम्याउँदै राष्ट्रपति पौडेलले कृषक समुदायको योगदानलाई स्मरण गर्दै रोपाइँ सुरु गरेका हुन्।

नेपाली समाजमा असार १५ लाई बर्सेनि खेतबारीमा धान रोपेर दही चिउरा खाने विशेष दिनका रूपमा हर्षोल्लाससहित मनाउने चलन छ। शीतल निवासमा सम्पन्न यो रोपाइँ कार्यक्रममा राष्ट्रपति परिवारसहित उपस्थित सबैले परम्परा जगेर्ना गर्न संयुक्त सन्देश दिएका छन्।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...