News Portal

२१ वर्षअघि हत्या गरी भारत भागेका पूर्णबहादुर सार्की पाल्पा प्रहरीले सीमाबाट पक्राउ

३२२ पटक

पाल्पा, असार १२ – दुई दशकअघि हत्या गरी भारततर्फ फरार रहेका एक अभियुक्तलाई पाल्पा प्रहरीले अन्ततः पक्राउ गरेको छ। पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका गुनडाँडामा २०६१ साल असार १९ गते भएको एक जघन्य घटनामा संलग्न पूर्णबहादुर सार्कीलाई प्रहरीले २१ वर्षपछि नियन्त्रणमा लिएको हो।

त्यस दिन ५५ वर्षीया स्थानीय महिला चीनीसरा सार्कीको हत्या गरिएपछि फरार रहेका सोही ठाउँका ६६ वर्षीय पूर्णबहादुर लामो समय भारतमा लुकेर बसेका थिए। पछिल्ला दिनमा उनी नेपाल आवतजावत गर्न थालेको गोप्य सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डीएसपी सुनिल मल्लका अनुसार, हिजो अपरान्ह बाँकेको नेपाल–भारत सीमाक्षेत्रमा विशेष सुराकीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले पूर्णबहादुरमाथि ज्यानसम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...