News Portal

रास्वपाको महामन्त्रीको दावीमा मुकुल ढकालको रिटमा सुनुवाइ टुंगियो, अदालतको आदेश प्रतिक्षामा

२९२ पटक

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा आफ्नो वैधानिक दाबी गर्दै सर्वोच्च अदालत पुगेका डा. मुकुल ढकालको रिटमाथि प्रारम्भिक सुनुवाइ सम्पन्न भएको छ। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा बिहीबार सुनुवाइ सम्पन्न भएसँगै अब आदेश आउने तयारीमा रहेको अदालत स्रोतले जनाएको छ।

ढकालले आजै रास्वपाको हालको नेतृत्वविरुद्ध रिट दायर गरेका थिए। उनले आफैँ रास्वपाको विधिसम्मत महामन्त्री भएको दाबी गर्दै पार्टीको केन्द्रीय कार्यालय, हालका महामन्त्रीका रूपमा देखिएका कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा र सभापति रवि लामिछानेलाई प्रतिवादी बनाएका छन्। रिटमा उत्प्रेषण आदेश माग गरिएको छ, जसअनुसार अदालतले तत्कालको स्थिति स्पष्ट पार्ने आदेश दिन सक्नेछ।

ढकालले आफूमाथि गरिएको कारवाही असंवैधानिक रहेको दाबी गर्दै उक्त निर्णय खारेज हुनुपर्ने माग राखेका छन्। पार्टीले एक वर्षअघि अनुशासनविपरीत अभिव्यक्ति दिएको, मर्यादाभंग गर्ने व्यवहार प्रदर्शन गरेको आरोप लगाउँदै उनलाई महामन्त्री, केन्द्रीय सदस्य र सामान्य सदस्यबाट समेत निलम्बन गरेको थियो।

तर ढकालले सो कारवाहीलाई मान्यता नदिँदै निर्वाचन आयोगसमक्ष निवेदनसमेत दर्ता गराएका छन्। निवेदनमा पार्टीको निर्णयलाई अद्यावधिक नगर्न आयोगलाई आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...